काठमाडौँ- विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार विमान दुर्घटनाका कारण :
– विमानस्थलले जिरो टु बाट अवतरणका लागि अनुमति दियो ।
– यो भनेको विमानस्थलको उत्तरतिरबाट अवतरण गर्ने अनुमति हो ।
– पाइलटले जानेर वा अनजानमा टु जिरोबाट अवतरण गराउन खोजे ।
– गलत दिशातिरबाट अवतरण गराउन खोजेपछि विमानस्थलले ‘केही समस्या छ भनेर सोध्यो ?’
– त्यसपछि विमान आकाशमा नै दुई फन्को लगायो ।
– फेरि टावरले ‘आर यु ओके ?’ भनेर सोध्यो ।
– पाइलटले ‘वि आर ओके’ भन्यो ।
– तर, पनि विमानको अलाइन्मेन्ट मिलेको थिएन ।
– त्यसपछि जिरो टुबाट ल्याण्ड गराइयो ।
– विमान नेपाली सेनाको ह्याङ्गर नजिकबाट चिप्लिएर धवनमार्ग बाहिर गयो ।
– त्यहाँ पार्किङ गरिएका विमानलाई केही भएन ।
– तार भत्काउँदै खाल्डोमा गयो ।
– हामी विमानको गलत अवतरणमा स्टान्डबाई थियौँ ।
– तत्कार उद्दार सुरु भयो ।
– साढे चार बजेसम्म उपचारका लागि अस्पताल पठाइएका २५ जना मध्ये ८ जनाको मृत्यु भएको छ । दुई जना सामान्य उपचार पछि घर गए ।






