संयुक्त राष्ट्र सङ्घको मौसम विज्ञानसम्बन्धी समूहका प्रमुख राजेन्द्र पचौरीले आफ्ना एक सहयोगीलाई यौनजन्य दुव्र्यवहार गरेको दाबी भएपछि उहाँले राजिनामा दिनुभएको जानकारी उक्त समूहले मङ्गलबार दिएको छ । मौसम परिवर्तनका लागि अन्तरसरकारी समूहको विभागले मङ्गलबार आफ्ना उपाध्यक्ष इस्माइल एल–गिजुलीलाई आईपीसीसीका कार्यवाहक प्रमुख बनाउने सहमति व्यक्त गरेको जानकारी दिएको छ । राजेन्द्र कुमार पचौरी, विद्यावारिधिले आजैदेखि लागु हुने गरी आईपीसीसीको अध्यक्षको पदबाट राजिनामा दिएकाले गिजुलीलाई उक्त पद दिइएको उक्त संस्थाले उल्लेख गरेको छ ।
नोबेल शान्ति पुरस्कार प्राप्त उक्त समूहले केन्याको राजधानीबाट उक्त घोषणा गरेको हो । यहाँ यस समूहको चार दिने सम्मेलन मङ्गबार आरम्भ भएको छ । मौसमका लागि महत्वपूर्ण वर्ष भएकोमा विश्वको तापक्रम बढेको विषयमा अध्ययन गर्ने विज्ञानका विषयमा यस सम्मेलनमा छलफल हुनेछ ।
दिल्लीमा केन्द्रीय कार्यालय रहेको र पचौरी प्रमुख रहनुभएको अनुसन्धान संस्था दी इनर्जी एन्ड रिसोर्सेस इन्स्टिच्युट (टेरी) का २९ वर्षीया महिला अनुसन्धानकर्ताले पचौरीले अनुचित सन्देश पठाएको आरोप लगाएकी छिन् । यसपछि पचौरीले नाइरोबीमा आयोजित बैठकमा भाग लिनुभएन ।
मौसम परिवर्तनका खतराका विषयमा प्रमुख भनाइ राख्ने पचौरीले आफूले कुनै खराब काम नगरेको र आफ्नो इमेल एकाउन्ट तथा मोबाइल फोन ह्याक भएको बताउनुभयो । प्रहरीले यस दुव्र्यवहारका विषयमा अनुसन्धान गरिरहेको छ भने उहाँलाई सोमबार तीन दिनका लागि पक्राउ हुननपर्ने अनुमति दिइएको छ ।
संयुक्त राष्ट्र सङ्घको वातावरण कार्यक्रमका कार्यकारी प्रमुख एचिम स्टाइनरले एक विज्ञप्ति प्रकाशन गरी मङगबार लिइएको पाइलाले मौसम परिवर्तनका लागि आईपीसीसीको अभियानमा कुनै बाधा नआउने बताउनुभएको छ ।
विश्वका मुलुकहरूले डिसेम्बरसम्म विश्वव्यापी कार्बन कटौती गर्ने सम्झौतामा हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ । उक्त सम्मेलनमा आईपीसीसीको पछिल्लो विश्लेषणको नतिजा उपलब्ध गराइनेछ र त्यसलाई पाँचौँ मूल्याङ्कन प्रतिवेदन भनिएको छ ।
यौन दुव्यवहार गर्ने राष्ट्र संघ कर्मचारी हटाइए






