अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा १४ वर्षमुनि (यु–१४) राष्ट्रिय छात्रा फुटबल प्रतियोगिता यसै साता सञ्चालन हुने भएको छ । एन्फाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा यही फागनु १५ गतेदेखि सिन्धुपाल्चोकको लामोसाँघुमा सञ्चालन हुने जानकारी दिइयो ।
प्रतियोगितामा ताप्लेजुङ, मोरङ, भाफा, सर्लाही, रौतहट, बारा, मकवानपुर, नवलपरासी, कैलाली, काठमाडौँ, सिन्धुपाल्चोक र बाँके जिल्लाका १२ टोलीले प्रतिस्पर्धा गर्ने आयोजक सङ्घका कार्यकारी प्रमुख इन्द्रमान तुलाधरले जानकारी दिनुभयो ।
लिग कम नकआउटका आधारमा खेलाइने सो प्रतियोगिताको सहभागी टोलीलाई विभिन्न चार समूहमा विभाजन गरिएको छ । यही फागनु २२ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिता सञ्चालनको लागि रु १२ लाख खर्च लाग्ने आयोजकले जनाएको छ ।
यु–१४ राष्ट्रिय फुटबल हुने






