एनआरएन युएईले आगामी मार्च २३ मा मैत्रीपूर्ण फुटबल प्रतियोगिता गर्ने

लन्डन । एनआरएन युएईले आगामी मार्च २३ मा मैत्रीपूर्ण फुटबल प्रतियोगिता गर्ने भएको छ । जसको लागि टिम दर्ता अन्तिम मिति २० मार्च २०१८ सम्मको समय तोकिएको छ । संघले समूह दर्ता शुल्क दिराम २०० प्रति टिम राखेको छ । प्रतियोगिताको लागि खेलाडी संख्या १२ जना र १ टिम कोच सहित जम्मा १३ जना हुनु पर्ने छ।

खेलाडी मध्ये संस्थाको कार्यसमितिबाट ९ जना, १ जना कोच र बाकी ३ सदस्यहरु खेलाडी संस्थाभन्दा बाहिरबाट समेत टिममा राख्न सकिने एनआरएन यूएई प्रवक्त मनु क्षत्रीले जानकारी दिनुभयो । उहाँको अनुसार खेल २० र२० मिनेट को हुनेछ र खेल ९ जना खेलाडी बीच हुने छ जसमा संस्थाको अध्यक्ष अनिबार्य रुपमा खेल्नु पर्ने छ।