मड्रिड, स्पेनिस क्लब फुटबल लिगको ३०औ चरणको खेल सम्पन्न हुँदा रियल मड्रिडले चिरपरिचित प्रतिद्धन्दी बार्सिलोनालाई २-१ गोलको अन्तरले हराएको छ ।
रियलको घरेलु मैदान अलफ्रादो दि स्थाफानोमा गए राति भएको खेलमा घरेलु टोलिको लागी पहिलो गोल फ्रेन्च स्टाईकर करिम बेन्जेमाले खेलको १३औ मिनेटमा लुकास भास्केसको असिस्टमा गरेका थिए ।
त्यस्तै २८औ मिनेटमा रियलले टोनि क्रसको उत्कृष्ट फ्रिकिक गोलमा अंङ्क दोब्बर पारेका थिए ।
बार्सिलोनाको लागी एक मात्र गोल खेलको ६०औ मिनेटमा डिफेन्डर ओस्कार मिनेजाले गरेका थिए । उनले जोर्डी अल्बाको सहयोग गोल गरेका हुन् ।
८९ र ९० मिनेटमा दोहोरो पँहेला कार्ड खाँदै क्यासिमेईरो बाहिरीए पछि मड्रिड केहि समय १० खेलाडिमा सिमित भएको थियो ।
बार्सिलोनाको लागी अतिरिक्त समयमा लियोनल मेस्सिले उत्कृष्ट फ्रि किक प्रहार गरे पनि रियलका किप्पर बाधक बनेका थिए ।
त्यस्तै ९४औ मिनेटमा बार्सिलोनाका इलिक्स मोरिबाले प्रहार गरेरको बल क्रसबारमा लागेर फर्कीदा बार्सा बराबरी गर्न बाट चुकेको थियो ।
यो जित सँगै रियल मड्रिड ३० खेल बाट ६६ अंङ्क सहित पहिलो स्थानमा उक्लिएको छ भने बार्सिलोना समान खेल बाट ६५ अङ्क सहित खेलको तेस्रो स्थानमा रहेको छ ।
रियल र बार्सा भन्दा १ खेल कम खेलेको एथ्लेटिको मड्रिड ६६ अङ्क सहित दोस्रो स्थानमा रहेको छ ।






