लण्डन । आसन्न टि- ट्वान्टी विश्वकपको तयारीका लागि इंग्ल्यान्डमा रहेको नेपाली क्रिकेट टोलीले शुक्रबार राती भएको खेलमा फ्री फोरस्टेर्स क्लबलाई २५ रनले हराएको छ।
इंग्ल्यान्डको टनब्रिज वेल्सस्थित नेभिल मैदानमा भएको दोस्रो अभ्यास खेलमा पहिले ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउँदै १५८ रन बनाएको थियो। नेपालका लागि कप्तान पारस खड्काले ४२ सर्वाधिक रन जोडे यस्तै सागर पुन ३६, प्रदिप ऐरी २७, शरद भेसवाकर१३,बसन्त रेग्मी नटआउट १०,ज्ञानेन्द्र मल्ल ५, सुवास खकुरेल २ र सोमपाल कामीले १ रन बनाए।
१५९ रनको विजयी लक्ष्य सहित जबाफी ब्याटिङका लागि मैदान उत्रियको फ्री फोरस्टेर्स क्लब १९.५ ओभरमा सबै विकेट गुमाउदै १३४ रनमा
समेटियो थियो।फ्री फोरस्टेर्सलाई सस्तैमा समेट्ने क्रममा नेपालका सोमपाल कामी, सागर पुन, र शक्ति गौचनले २-२ तथा जितेन्द्र मखिया र बसन्त रेग्मीले १-१ विकेट लिएका थिय ।







