एन्फाले राखेपलाई पठायो स्पष्टिकरण, गणेश थापाको कारबाही व्यक्तिगत

ganesh thapaकाठमाडौं- एन्फाले अध्यक्ष गणेश थापालाई फिफाद्वारा गरिएको कारबाहीलाई नितान्त व्यक्तिगत भनेको छ ।

राखेपलाई प्रष्टीकरण दिँदै एन्फाले थापामाथि गरिएको कारबाहीलाई नितान्त व्यक्तिगत भनेको हो ।

फिफाले व्यक्तिगत र पारिवारिक लाभका निम्ति पदाधिकारीबाट घुस लिएको आरोपमा फिफाको इथिक्स कमिटीले १० वर्ष फुटवल गतिविधिमा प्रतिबन्ध र २१ लाख जरिवानाको निर्णय गरेको थियो ।