लण्डन । सन् २०१३ मा वेल्सस्थित ग्लान हाफ्रन स्कुलको गभर्नरको रुपमा कार्य गरिसकेका एकजना नेपालीले ह्यम्प्सयरको वेजिङस्टोकस्थित आधा शताब्दी पुरानो कलेजमा गभर्नरको नियुक्ती पाएका छन् ।व्यवसायिक एवम् समाजसेवामा परिचय बनएका शिवजी श्रेष्ठ,क्रान्बोर्न बिज्नेस एन्ड इन्टरप्राइज कलेज, वेजिङस्टोकको गर्भर्निङ बडीद्वारा चार वर्ष सम्मका लागि नियुक्त भएका छन् ।
श्रेष्ठले गभर्निङ बडीमा रहेर , कलेज प्रमुख, उपप्रमुखको नियुक्ती लगयत कलेजका योजना तथा नीति नियम साथै कलेजको आर्थिक व्यवस्थापन स्तर अभिवृदी लगायतका कार्यमा गभर्नरका रुपमा सहभागी हुनुपर्ने छ ।
अन्य केहि नेपाली विध्यालय गभर्नरका रुपमा कार्यरत भएतापनी आफू भने कलेज स्तरमा सम्भवत पहिलो गभर्नर भएको बताए। श्रेष्ठ वेलायतको प्रमुख प्रतिपक्ष लेबोर पार्टीको वेजिङस्टोकको ब्लाक, एसियन माइनोरीटि एसियन अफिसरको रुपमा राजनीतिमा पनि सक्रिय छन् ।
श्रेष्ठ नेपाल प्रहरीका पूर्व डि एस पि हुन् ।






