डडेल्धुरा- नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले मधेस आन्दोलनको नाममा देशलाई विखन्डन गराउने खेल भइरहेको अरोप लगाएकी छन् ।
बुधबार डडेल्धुरामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले नेपाललाई विखन्डन गर्न कतिपय देशी–विदेशी शक्तिहरु नियोजित खेलमा लागेको आरोप लगाइन् ।
बाहिरी शक्तिले तराईलाई टुक्र्याउने खेल खेलिरहेको भन्दै नेतृ कोइरालाले यस्तो अवस्थामा सबै दलहरु एकजुट हुन आवश्यक रहेको बताइन् ।






