आर.के. त्रिपाठी कांग्रेसको अन्तराष्ट्रिय संबन्ध तथा बिदेश निती बिज्ञमा मनोनित (पत्र सहित)

लण्डन । बेलायत स्थित नेपाली समुदायका अब्बल समाजसेवी राजकुमार (आर.के.) त्रिपाठी नेपाली काँग्रेसको अन्तराष्ट्रिय संबन्ध तथा बिदेश निती बिज्ञमा मनोनित भएका छन् ।

यस अघि आर के त्रिपाठीलाई नेपाली कांग्रेसले निर्माण विभाग सदस्यमा नियुक्त गरेको थियो । त्रिपाठी नेपाली डायस्पोराका बौद्धिक व्यक्तित्व मानिन्छन । बिदेशमा बसोबास गरेका नेपाली कांग्रेस कार्यकर्ता लाई अन्तराष्ट्रिय संबन्ध तथा बिदेश निति संबन्धी बिज्ञको रुपमा पहिलो पटक नियुक्त गरेको हो।

यस संवन्धमा आरके त्रिपाठीले नेपाली कांग्रेस पार्टी र नेतृत्व लाई विशेष धन्यवाद दिंदै आफ्नो योग्यता र अनुभवले भ्याए सम्म नेपाली कांग्रेस पार्टीको संगठन मजबुद गर्न र नेपाली कांग्रेस पार्टीको विदेश नितीको बारेका सदैब सल्लाह प्रदान गर्ने बताए ।

कांग्रेसको अन्तराष्ट्रिय संबन्ध तथा बिदेश निती बिज्ञमा जिम्मेवारी सहितको पत्र आइतबार पाएको त्रिपाठीले लन्डन नेपाल न्युजलाइ बताए । उनले इमान्दारीपूर्वक प्राप्त जिम्मेवारी निर्वाह गर्ने समेत बताएका छन् ।

बेलायत स्थित नेपाली समुदायमा विभिन्न संघसंस्थामा नेतृत्व गरी सल्लाहकार समेत रहेका समाजसेवी त्रिपाठी नेपाली काँग्रेसको वैदेशिक विभाग नेपाली जनसम्पर्क समिति बेलायतका पूर्व महामन्त्री समेत हुन् ।गैरआवासीय नेपाली संघ एनआरएनए यूकेका पूर्व महासचिव समेत रहेका उनी बेलायतको ब्यस्त अन्डरग्राउन्डका एक सिनियर इन्जिनियर समेत हुन् ।

‘पार्टी र देशको हकहितको निम्ती मैले गरेको कामलाई सम्मान गर्दे पार्टीले मलाई यो जिम्मेवारी दिएको महसुस गरेको छु,’ लण्डन नेपाल न्यूजलाई उनले भने, ‘यसबाट आगामी दिनमा समग्र पार्टीलाई सुदृढ बनाउने अभियानमा अझै लाग्नेछु।’
पत्र जस्ताको तेस्तै: