काठमाडौं- गायक साजन राईको ‘पीडा’ एल्बममा समावेश ‘माया प्रिती’ बोलको म्यूजिक भिडियो तयार भएको छ । रमेश कार्कीको यो गीतमा संगीत तथा शब्द छ ।
कलेजका केही दृश्यलाई समेत कैद गर्दै निर्देशक श्रीधर पौडेलले भिडियो तयार पारेका छन् । उनले नै भिडियोमा छायांकनको काम पनि गरेका छन् । भिडियोमा गम्भिर बिष्ट र स्वस्तिमा खड्काले मोडलिङ गरेका छन् ।
गम्भीर पेशाले नृत्य निर्देशक हुन् । तर, उनले म्यूजिक भिडियोमा पनि काम गर्दै आएका छन् । स्वस्तिमा भने चलचित्र र भिडियोमा काम गर्दै अगाडि बढिरहेकी छिन् । यी दुईको जोडी भिडियोमा सुहाएको छ ।
निशान घिमिरेले सम्पादन गरेको भिडियोमा निर्देशक पौडेलले गम्भीर र स्वस्तिमाको जोडीलाई रोचक तबरले प्रस्तुत गरेका छन् ।






