‘सिजनल फ्लू’का बिरामी बढे

seasonal fluकाठमाडौं- काठमाडौं उपत्यकामा सिजनल फ्लूको संक्रमण बढ्दै गएको छ ।

साधारण रुघाखोकीलाई बेवास्ता गर्दा यो गम्भीर भएर जाने चिकित्सकहरुले बताएका छन् ।

विगतका वर्षहरुको तुलनामा यस वर्ष काठमाडौं उपत्यकामा कडाखालको रुघाखोकीका बिरामीको संख्या बढेको हो ।

साधारण रुघाखोकी लागेको त हो भनी बेवास्ता गर्ने गरिएका कारण त्यसले समस्या निम्त्याउने गरेको छ । जाडो महिनामा मानिसको शरीरमा रोग प्रतिरोधात्मक शक्ति कम हुने भएकाले विभिन्न समस्या देखापर्ने गर्दछन् ।

त्यसमा पनि यस वर्ष साधारण रुघाखोकीबाट नै विभिन्नखालका समस्या देखापरेको चिकित्सकहरुले बताएका छन् ।

सिजनल फ्लूका बिरामीमा रुघाखोकी लाग्ने, जिउ दुख्ने, छाती दुख्नेलगायतका समस्या देखापर्ने गर्दछन् । यो वर्ष कडाखालको सिजनल फ्लूका संक्रमितहरुको संख्या बढेको चिकित्सकहरुको भनाइ छ ।