बेलायत,
महोत्तरीका मुसहर बस्तीमा जाडोले कठयाङ्ग्रिएका एबम गरिबीका कारण बिहान-बेलुकीको खाना के खाने भन्ने अवस्थामा रहेका मुसहर वस्तीका ५५ परिवारलाई चर्चित हाँस्य कलाकार जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरेले घर निर्माण एबम खाध्य सामाग्री तथा सिरक डस्ना वितरण कार्यमा बेलायतस्थित अमेरिकन कम्पनी सलादमास्टरबाट पनि सहयोग पठाइएको छ I

बेलायतको बेइजिंगस्टोकस्थित सलादमास्टर कम्पनी एस फोर यु हेल्थी लाइफ लिमिटेडका प्रबन्ध निर्देशक शिवजी श्रेष्ठका अनुसार केहि दिन अगाडी कान्तिपुर दैनिकमा महोत्तरीका मुसहर बस्तीमा जाडोले कठयाङ्ग्रिएकाहरुलाई चर्चित टेलिशृंखला ”मेरी बास्सै” का कलाकारहरु सिताराम कट्टेल र कुन्जना घिमिरेले सहयोग वितरण गरिरहेको समाचार प्रकाशन भएपछि सहकार्यका लागि सिताराम कट्टेलसंग फोन सम्पर्क गरि पचास हज्जार रुपैया सहयोग रकम पठाएका थिए I
यस अघि पनि भुकम्पले घर भत्किएका ओखलढुंगा जिल्लाका भुकम्प पीडितहरुलाई घर बनाउन जस्ता-पाताको लागि एक लाख रुपैया सहयोग प्रदान गरेका थिए i
गरिब एबम पीडितहरुको सहयोगार्थ कलाकार द्दयले चलाएको यस अभियानमा थप सहयोग पुर्याउने सम्बन्धमा कुराकानी भएको कुरा पनि निज श्रेष्ठले बताउनु भयो i






