बेलायतमा चर्चित राष्ट्रिय १२ जना कलाकार साथमा ‘रुम्झाटार गुम्बा च्यारिटी नाइट २०१८’ हुँदै

लन्डन ।  बेलायतमा ‘रुम्झाटार गुम्बा च्यारिटी नाइट २०१८’ आयोजना हुने भएको छ । आगामी मार्च १७ तारिखमा  अल्डरसटस्थित एम्पायर हलमा सो कार्यक्रम आयोजना गरिन लागिएको हो ।

नेपाली इभेन्टमा ‘थर्ड आई’ टिमले सो कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ ।

सो च्यारिटीमा कार्यक्रममा वरिष्ठ गायिका मिरा राणा,गायक आनन्द कार्की, सुकमित गुरुङ, मिना निरौला पोखरेल, स्मिता दाहाल, राजु राजबाहक, नेपाल आइडलकी मेनुका थापा र धना कुमारी थापा , हाँस्यकलाकार रवि डंगोल, नायक तथा सञ्चारकर्मी श्याम अर्याल, मोडल तथा नायिका नम्रता योगी र गायिका झरना बीकेको प्रस्तुति रहने भएको छ ।

थर्ड आइले गत वर्ष लण्डनमा ‘दशौं बक्स अफिस फिल्म फेयर अवार्ड २०१७ लण्डन’ आयोजना गरेको थियो । कार्यक्रमको रुम्झाटार गुम्बा परिकल्पनाकार एवं ओखलढुंगा जिल्ला समाज यूकेका बिष्णु राज  गुरुङ र थर्ड आई’ टिमको तर्फ बाट बिकास देबकोटाले संयोजन गरेका छन ।  यस पटक भने ‘रुम्झाटार गुम्बा च्यारिटी नाइट २०१८’ आयोजना गर्न लागेको हो ।

नेपाल बाट मात्र १२ जना भन्दा वढी चर्चित कलाकार हरुको उपस्थीतीमा ऐतीहासीक कार्यक्रम हुने बताउदै बेलायतवासी सम्पूर्ण नेपाली हरुलाई उक्त कार्यक्रममा सहभागी भएर सहयोग गरिदिन आयोजकले अपिल गरेका छन् ।