जनसम्पर्क समिति बेलायत अधिवेशनको तयारीमा जुट्यो

केशव भण्डारी

लन्डन– आगामी सेप्टेम्वरको दोस्रो साता हुन लागेको नेपाली जनसम्पर्क समिति यूकेको अधिवेशनको लागि नेपाली कांग्रेस केंद्रीय कार्यलयले पार्टीका केन्द्रीय सदस्य एव्ं युवा नेता सुरेन्द्रराज पाण्डेलाई प्रतिनिधि तोकेको जानकारी अधिवेशन तयारी संयोजक लोक गुरूंगले दिएका छन् ।

संयोजक लोक गुरुङले आगामी सेप्टेम्बर १६ तारिख शनिबारका दिन अधिवेशन गर्ने मिति तोकिएको जानकारी दिएका छन् । उनले पार्टी केन्द्रीय समितिको सुझाव अनुसार मिति तोकिएको र अधिवेशन इम्पेरियल बैंक्वेटिङ एन्ड कन्फ्रेन्स हल हन्स्लोमा हुने गुरुङले जानकारी दिए ।

अधिवेशन तयारी समितिले गरेको आधिकारिक निर्णयलाई नै मानेर निर्वाचन समितिले काम गर्ने र हाल देखिएको सामान्य असहमतिलाई निर्वाचन समितिको पहलमा मिलाएर लैजाने जानकारी निर्वाचन समितिका सदस्य केशब भण्डारीले बताए ।

नेपाली कांग्रेस समर्थक विदेश बस्ने नेपालीहरूको संस्था नेपाली जनसम्पर्क समिति बेलायतको आगामी अधिवेशनका लागि डा सम्पूर्णानन्द ढुन्गाना संयोजक रहने गरी विश्वआदर्श पन्डित, केशव भण्डारी, योगन क्षेत्री, शेर सुनार र सूर्य तामांग सदस्य भएको निर्वाचन समिति रहेको छ ।

यसैबीच, जनसम्पर्क समिति बेलायतको आसन्न निर्वाचनमा उपसभापति युवराज गुरुङले एक कार्यक्रम गरि औपचारिक रुपमा अध्यक्षको उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्षमा नै शान्तविनोद लामिछाने,कुमारी गुरुङ र युवराज सिंहले पनि उम्मेदवारी घोषणा गरेका छन् ।  उपाध्यक्षमा सुरज केसीले उम्मेदवारी घोषणा गरेका भने कुश बस्नेत र रेशम बस्यालले महामन्त्रीको उम्मेदवारी घोषणा गरेका छन् ।समितिको अधिवेसन झण्डै ९ वर्षपछि हुन लागेको हो ।

यसैबीच जनसम्पर्क समितिले सल्लाहकार महेश दाहालको नेतृत्वमा बाढी पीडितको लागि राहत संकलन गरिरहेको जानकारी दिंदै आवश्यक सहयोग गर्न अपिल गरेको छ ।