काठमाडौं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘ले सरकार विस्तार हुन अझै दुई दिन लाग्ने बताएका छन ।
“एमालेले मन्त्रीमण्डलमा पठाउने व्यक्ति टुंग्याइसकेको छ, हामीले पनि माओवादी केन्द्रबाट सहभागी हुनेहरु करिब–करिब टुग्याइसकेका छौ” अध्यक्ष दाहालले शुक्रबार संचारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै भने, “आउँदो आइतबारसम्म मन्त्रीमण्डलले पूर्णता पाउँछ ।”
अध्यक्ष दाहालले माओवादी केन्द्रले मन्त्री बन्नेहरुको नाम टुंग्याए पनि शपथ समारोहमा मात्रै सार्वजनिक गरिने बताए । माओवादी केन्द्रले मन्त्रिमण्डलका सहभागी चयन गर्न अध्यक्ष दाहाल तथा नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालाई जिम्मेवारी दिएको थियो ।
माओवादी केन्द्रले थापाको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको छ । एमाले र माओवादी केन्द्रको सहमतिअनुसार एमालेलाई १० र माओवादी केन्द्रलाई ७ मन्त्रालयको भागवण्डा ७ भएको छ ।






