अहिले प्रायः सबै सरकारी अड्डाहरु देखि लिएर तरकारी बारी सम्म विचौलियाको विगविगि रहेको पाइन्छ । हुन त सरकार ढाल्ने देखि लिएर बनाउने सम्ममा पनि विचौलियाहरु प्रयोग भएको सुन्नमा आउछ । विचौलियाको प्रयोग कहाँसमम भएको छ भन्ने कुरा प्रदेश राजधानी माग्ने सम्ममा विचौलिया प्रयोग भएबाटै स्पष्ट हु्न्छ । यस परिवेशमा यो कुनै नौलो क्ुरा भएन तर पछिल्लो दिनहरुमा विकासे कार्यालयहरुमा जुन खालले व्यापक रुपमा विचौलियाहरुको प्रयोग हुन थालेको छ या भनौ विकासे कार्यालयहरु विचौलीयाहरुको अखडा बनेका छन् यो चिन्ताको विषय बनेको छ । बाटो निर्माण देखि नदी नियन्त्रण सम्मका संवेदनशील क्षेत्रहरुमा समेत विचौलियाहरुको विगविगी रहेको पाइएको छ । जसको एउटा उदाहरण बन्न पुगेको छ गुल्मी, अर्घाखाँची र कपिलबस्तु जिल्लामा नदी तथा पहिरो नियन्त्रण जस्तो संवेदनशिल क्षेत्रको जिम्मा पाएको जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय नं. १५ गोरुसिंगे कपिलबस्तु । यस कार्यालयबाट हुने यो वा त्यो बहानामा प्रायः सबै कार्यहरुमा विचौलियाहरुको प्रयोग भएको पाइएको छ । अझ भन्ने हो भने यो कार्यालय अहिले विचौलीयाको अखडा नै बनेको छ । कार्यालयका साइड इन्जिनियर तथा कार्यालय प्रम्खको प्रत्यक्ष संलग्नतामा विचौलियाको प्रयोग भएको खुल्न आएको छ । उपभोक्ता समिति, कोटेशन वा टेण्डरको माध्यामबाट काम गराउनु पर्ने सरकारी निती, नियम र व्यवस्था रहेको भएता पनि त्यस्ता निति नियम र व्यवस्थालाई लत्याउदै अत्यधिक मात्रामा विचौलियाको प्रयोग गर्ने गरिएको छ । उपभोक्ता समिति स्वयं काम गर्न इच्छुक रहदा रहदै पनि कार्यालय प्रमुख एवं साइड इन्जिनियरहरुले अनेकौ बहानाबाजी गरि विचौलियालाई प्रयोग गर्न बाध्य बनाएको अर्घाखाँचीका एक उपभोक्ताको गुनासो रहेको छ । कसले साइड देखाउछ, कसले काम गर्छ को आएर नापजाँच गर्छन कसैलाई केही थाहा जानकारी हुँदैन एक्कासी काम गर्ने बेलामा ठेकेदार (विचौलिया) आउछ समिति बनाउनुहोस् कार्यालयसंग सम्झौता गर्नु प¥यो बैंकमा खाता खोली काम गर्नु प¥यो कामको पैसा निकासा गर्नु प¥यो भन्ने गरेका छन् ।
विगत देखिनै आफुहरुले समेत सोही बमोजिम गर्ने गरेको एक उपभोक्ता समितिका अध्यक्षले बताए आफुहरु यस विषयमा अनविज्ञ रहेको जानकारी दिए । यस कार्यालयबाट कपिलबस्तु, अर्घाखाँची र गुल्मीका नदी तथा पहिरो नियन्त्रण सम्बन्धी कार्यहरु भई राखेका छन् । को संग सम्पर्क हुन्छ, कसले नदी कटान क्षेत्र एवं पिडित क्षेत्रको पहिचान गराउछ स्थानिय बासीहरुले थाहै पाउँदैन । स्रोतका अनुसार विचौलीया नै कार्यालयका कर्मचारी लिएर खोला खोला धाउने गरेको र जनताको वास्तविकतालाई भन्दा पनि आफूहरुलाई पायक पर्ने र उपयुक्त लागेको ठाउँमा बजेट राख्ने गरेको गुनासो छ । यस्ता गतिविधिमा सम्बन्धीत निकायको ध्यान जानु जरुरी छ ।
लेखक : नारायण बेलबासे






