लन्डन । नेपलिज ड्राइभिङ इन्सट्रक्टर एसोसिएसन यूकेको दोश्रो साधारणसभा अप्रिल १४ तारिख सुक्रबार का दिन लन्डनमा सम्पन्न भएको छ । नर्थहोल्टस्थित ब्लु अर्किड रेष्टुरेन्टमा सम्पन्न भएको साधारणसभाले सर्वसम्मत नया नेतृत्व चयन गरेको छ ।
साधारणसभाले ३ वर्षका लागि कार्यसमिति को अध्यक्षमा सर्वसम्मत बाट होम राना चुनिएका छन् ।कार्यसमितिको उपाध्यक्षमा ताम ढेगा र माधव कार्की , सचिबमा राज बिष्ट , सहसचिवमा दुबिराज राई , कोषाध्यक्षमा बिष्णु छन्त्याल र सहकोषाध्यक्षमा गजेन्द्र पुन सहित कार्यसमिति सदस्यहरुमा प्रकाश राउत , एन्डी राइ, निर्मल श्रीष र बिमल श्रेष्ठ चयन भएका छन्
करिब ५५ जना दक्ष प्रशिक्षक सदस्य रहेको उक्त संस्था २०१२ मा गठन भएको थियो । बेलायतका विभिन्न स्थानमा रहेका नेपाली प्रशिक्षकबीच सम्वन्ध विस्तार र सामाजिक तथा व्यवसायिक कार्यमा सक्रिय रहेको उक्त संस्थाले यूकेमा हजारौं नेपाली तथा अन्यलाई प्रशिक्षण दिदै आएको छ ।






