एनबीसी यूकेको नयाँ वर्ष स्वागत कार्यक्रम भव्यताका साथ सम्पन्न (भिडियो सहित)

शिव भण्डारी

लन्डन।   नेप्लिज ब्रिटिश कम्युनिटी यूके (एनबीसी यूके) ले नेपाली नयाँ वर्ष २०७४ को स्वागतमा भव्य कार्यक्रम सम्पन्न गरेको छ ।

nbc 2017 005
तस्बिर: एभ्रेस्ट गौतम

एनबीसी यूकेले ह्यारो फुटबल क्लबमा नयाँ वर्षको स्वागतमा विशेष कार्यक्रम आयोजना गरेको हो । अध्यक्ष मिलन घिमिरे एन आर एन ,यूरोप संयोजक एबं संस्थाका सल्लाहकार कुल आचार्यले संयुक्तरुपमा उदघाटन गरे।

नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरण पमुख अतिथि एबम बेलायती सांसद बीरेन्द्र शर्मा बिशेष अतिथि रहेको कार्यक्रम मा नेपालका चर्चित लोक तथा दोहोरि गायक राजु ढकाल, दोहोरि गायिका जानकी तारामी मगर चर्चित मोडल तथा डान्सर रश्मि तामाङको लगायत सहभागी भए ।

,मोडल तथा डान्सर रश्मि तामाङको दमदार प्रस्तुती दर्शक माझ आकर्षक रह्यो । तीन कलाकारको बेजोड प्रस्तुतिले कार्यक्रमको रौनकता बेग्लै रह्यो ।
गायिका जानकी तारामी मगर ले सुर्खेतकी मगर्नी हुम बिहे भएको छैन पैशा तिर्न पर्दैन भन्दै सुरुमै सहभागी को मन जितिन ।

nbc 2017 021
तस्बिर: एभ्रेस्ट गौतम

कार्यक्रम हेर्न मानिसहरुको तंछाडमंछाड थियो । आयोजकले यसपटक भने लामो मन्तव्य राखेर भन्दा संगीत र मोनोरनजन ले नै दर्सक को मन जिते , हल सांघुरो भएर दर्शकले सास्ती खेप्नु परेन यसपटक तर अभिभाबक हरुले आफ्ना नानीबाबु हरुलाई राम्रो ख्याल गर्न सकेको भने देखिएन ।

17904284_1819936371660408_1518038476259884037_n
तस्बिर: एभ्रेस्ट गौतम

बेलायतस्थित नेपाली डायष्पोरासंग अति निकट बेलायती सांसद बीरेन्द्र शर्माको सहभागिता नेपालीका हरेक महत्वपूर्ण कार्यक्रममा निश्चित जस्तै छ । भूपू गोर्खा आन्दोलनमा उनको ऐक्यवद्धता कहिल्यै टुटेन । कार्यक्रमलाई सम्बोधन गर्दै सांसद शर्माले नेपालीहरुको इमान्दारिता र परिश्रमी छविको प्रशंसा गरे ‘म नेपालीबाट पाएको आतिथ्य, माया र सद्भावले प्रसन्न छु’, शर्माले भने ।

एन आर एन ,यूरोप संयोजक एबं संस्थाका सल्लाहकार कुल आचार्यले नयाँ बर्ष २०७४ सालको शुभकामना सहित एक पटकको नेपाली सधैको नेपाली भनेझै हामी र हाम्रो सन्ततिको नागरिकता बचाउने पहलमा एन आर एन जुटेको अबगत गराए ।

प्रमुख अतिथि नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरणले नेपाली मन र नेपाली सस्कृति संस्थाले गरेका सामाजिक, मानवीय, भाषा संस्कृतिको जगेर्ना र मनोरन्जनात्मक जस्ता राम्रा कामको चर्चा गर्दै लन्डनस्थित नेपाली दूतावास,बुद्ध फाउण्डेसन यूके नेपाल पर्यटन बोर्ड यूके र कपिलवस्तु समाज यूके समेतको सहकार्यमा आगामी मे सात तारिख बेलुकी सात बजे देखि दश बजे सम्म लन्डनको मुटु ट्राफलगर स्क्वायरमा दिप प्रज्वलन गरि बुद्धजयन्ती मनाउने तयारी हुँदैछ उक्त कार्यक्रमलाई भव्यताका साथ सम्पन्न बनाउन बेलायतमा रहेका सम्पुर्ण संघसंस्था र त्यस्का प्रतिनिधि, बिदेशी संघसंस्थामा आवद्ध प्रतिनिधिहरुको सहभागीताका लागि अपील समेत गरे ।

एनबीसीका कोअर्डिनेटर मिलन घिमिरे तथा पूर्व कोअर्डिनेटर कमलराज खनाल ले कार्यक्रममा उल्लेख्य सहभागी भएको भन्दै खुसी व्यक्त गरे । कोअर्डिनेटर घिमिरे ले नेपाली संस्कृतिलाई अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्‍याउन र नेपालीको सांस्कृतिक एकतालाई अझै बलियो बनाउन कार्यक्रम भएको बताए । साथै आफ्नो कार्यकाल को यो पहिलो नेपाली नया बर्ष २०७४ को उपलक्ष्यमा सम्पूर्ण परिवारजनहरुमा मंगलमय शुभकामना नया बर्ष यहाहरुको लागी शुभ, थप उन्नती, प्रगतिशील र शान्ती दायक बनोस् भन्ने भाबना बेक्त गरे ।

17904466_1819933528327359_3784146619407953551_n
तस्बिर: एभ्रेस्ट गौतम

कोअर्डिनेटर मिलन घिमिरेको सभापतित्वमा भएको कार्यक्रममा सचिब चुरामणी रेग्मीले धन्यवाद ज्ञापन गरे भने कार्यक्रम सञ्चालन बसन्त नेपालले गरेका थिए । डिजे प्रमोद को साथ मा स्थानीय गायिका सुजाता काफ्लेको लन्डनमा सार्वजनिक भएको गीत ‘ऐंसेलुमा गाएपछि त दर्शक मज्जाले नाचिहाले । आशिस राजको गितारको साथमा झुम्के बुलकी गाउदा दर्सक निकै भाबुक बनेका देखिन्थे। द्वारीका शर्मा गेस्ट आर्टीश्ट को रुपमा सम्मानित भए भने लाइभ बेन्डको बिशेष प्रस्तुति ले पनि राम्रै स्थान पायो ।

nbc 2017 007
तस्बिर: एभ्रेस्ट गौतम

यसै बीच कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि पत्रकार लगायत समाजसेबी हरुको बाक्लो उपस्थिति थियो । कार्यसमितिमा कोषाध्यक्ष ऋषि खनाल र सदस्यहरू राजेन्द्र ओझा, लेखनाथ घिमिरे, राम सुन्दर शाहा ,खेम राज जोशी, हरिभक्त न्यौपाने, भगवती रानाभाट, मुना पौडेल, अन्जु सिग्देल, किरण अधिकारी, प्रभु न्यौपाने, सुमन गुरूग,प्रसुन राना,संजीब घिमिरे , रामु पाण्डे र सस्थाको सल्लाहाकारहरू कमल पौडेल , गंगा बहादुर राना,राम शरण सिंमखडा, महेश दाहाल, कृष्ण तिमल्सिना कांग्रेस नेता डा. मिन राना भाट लगाएत नर्सिङ एसोसिएसन यूकेकी अध्यक्ष प्रसुना कंडेल समेतको उपस्थिती थियो ।, गोल्डेनसीप रेष्टुरेन्टको स्वादिलो खानाले सहभागी हरु सन्तोस देखिन्थे । कार्यक्रमको अन्त्यमा  गायक राजु ढकाल,  गायिका जानकी  मगर को साथमा नेपाली दोहोरि सांगीतिक माहोलमा सहभागी अबेरसम्म नाचेका थिए।