कतारमा पक्राउ परेका पत्रकार महासंघका अध्यक्ष आचार्य रिहा 

लण्डन । कतार प्रहरीको पक्राउमा परेका पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यसहित चार पत्रकार रिहा भएका छन। नेपाल पत्रकार महासंघ, कतार शाखाको छैठौं अधिवेशनामा प्रमुख अतिथि तथा अतिथिका रुपमा सहभागि हुन गएका अध्यक्ष आचार्य लगायतलाई शुक्रवार प्रहरीले पक्राउ गरेको थियो ।

त्यहाँ कार्यरत एक नेपालीका अनुसार उनीहरुलाई सोधपुछ पछि अवेर राति रिहा गरिएको हो । ‘अध्यक्ष ज्यु छुटेर रुममाा आइसक्नु भयो उहाँको फोन अहिले अफ भएको छ । के कस्तो सर्तमा रिहा गरेको हो अहिलेनै भन्न सकिन्न भोलि विहान सबै कुराको जानकारी हुने छ’ उनले भने ।

पक्राउ पर्नेमा नेपालबाट गएका महासंघका अध्यक्ष आचार्य, प्रेस काउन्सीलका सदस्य एवं महासंघका पूर्व उपाध्यक्ष खिलबहादुर भण्डारी, महासचिव रमेश विष्ट थिए । । यसैगरी महासंघ, कतार शाखाका अध्यक्ष गणेश बञ्जाडेलाई पनि प्रहरीले समातेको थियो । उनीहरु रिहाई भएको औपाचारिक रुपमा पुष्टी हुन बाँकी छ ।