लन्डनमा आज पृथ्वी जयन्ती मनाइदै

लन्डन– राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको २९५ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस बेलायतमा पनि मनाइने भएको छ ।

संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले आज २०१७ जनवरी ११ मा २९५ औं पृथ्वी जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन लागेको हो ।

संगठनले कार्यक्रममा सहभागिता जनाइदिन बेलायतस्थित सामाजिक र जातीय संघसंस्थाका प्रतिनिधि एवं अन्य प्रवुद्ध वर्गमा अनुरोध समेत गरेको छ ।

नेपालमा लोकतन्त्रपछि पृथ्वी जयन्ती मनाउने परम्परा विलिन हुंदै गएपनि संस्थाले लन्डनमा सन् २०१० देखि वर्षेनी मनाउंदै आएको छ । नेपाल एकीकरण गर्ने पृथ्वी नारायण शाहको एकताको सन्देश अझै सान्दर्भिक हुने विश्वास आयोजकलाई छ।

वाटफोर्ड रोडस्थित हिमालयन क्लव मा दिउँसो साढे १२: ३० बजे कार्यक्रम आयोजना गरिएको कार्यक्रममा सहभागी भई राष्ट्र निर्माताप्रति सम्मान दर्शाउन बेलायतबासी नेपालीहरुलाई आयोजक संगठनका अध्यक्ष भरत क्षेत्रीले आव्हान गरेका छन ।

थप जानकारी को लागी सम्पर्क:
Bharat Chhetry Mob: 07828289602,
Uttam Kumar Khadka:07950380230
Narayan Adhikari Mob: 07446833450
Chetman KC Mob: 07414727048
Prakash Singh Mob: 07908704584
Reetesh Shah Mob: 07918556952
मिति : 27 पुस 2073 (११ जनवरी 2017)
समय : 1230 Hrs
स्थान : Himalayan Club 32-34 Watford Road
Wembley Sudbury Town
HA0 3EP