काठमाडौँ– बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन आएका बंगलादेशी प्रधानमन्त्री शेख हशिना र भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवं प्रधानन्यायाधीश ल्योन्पो छिरिङ वाङचुकबीच बिहिबार भेट भएको छ ।
राजधानीको होटल सोल्टीमा द्धिपक्षीय भेटवार्ता भएको हो ।
बिमस्टेकको चौथो शिखर सम्मेलन आज अपराह्न एक विशेष समारोहका बीच राजधानीमा सुरु हुँदैछ।








