शंकर भण्डारी
बर्मिघम। शान्ति नेपाली समाज बेलायतले धुर्मुस सुन्तली फाउन्डेसन लाई रौतहटको सन्तपुर नमुना बस्ति निर्माणको लागि ने.रु. ३५१,००० (तिन लाख एकाउन्न हजार ) आर्थिक सहयोग गरेको छ।
उक्त रकम शान्ति नेपाली समाज बेलायतको पहलमा समाजको नेपाल साखा शान्ति नेपाली समाज नेपाल का प्रतिनिधि हरुले उक्त रकम बराबरको चेक हस्तारन्तर गरेका हुन्।
हस्तारन्तर कार्यक्रममा समाजका नेपाल प्रतिनिधिहरु ओम रिजाल ,पोमराज भण्डारी , छबिलाल खरेल र नबिन किशोर बिमली को उपस्थित रहेको थियो।
समाजले बिगतमा पनि यस्तै धेरै सहयोगी कामहरु गर्दै आइरहेको छ ।






