अल्डरसटमा महाशिवरात्री पर्व भव्यताका साथ मनाइयो

लण्डन । शिव कल्चरल कम्यूनिटि सेन्टर यूके रसमुरले आफ्नै शिव मन्दिरको परिसर एम्पायर बैंकेटिङ हल अल्डरसटमा मंगलबार भगवान शिवको पूजा आरधनासहित शिवरात्री पर्व मनाएको छ।

कार्यक्रममा रसमुर वरिपरि कयाम्बर्ली, फ्लिट,अल्डरसट, फार्नबोरो, रेडिङ, एवं लण्डन,वर्मिङह्म, ब्राक्नेलबाट समेत श्रध्दालु भकतजनहरु सहभागी भए । साँझ ७ बजे देखि शिवजीको आराधना श्री गणेशजी पूजा गरी रुद्रम मन्त्र वाचन गर्दै, भजनकिर्तन, शिवजीको महिमा, शिवलिंग पूजा गर्दै, आरती सहित प्रसादम् को कार्यक्रम गरी मध्यरातमा पूजा सम्पन्न भएको हो ।

फार्नबोरो साई समितिका अध्यक्ष सुषमा गुरुङ, स्पीरीचुयल कोओर्डिनेटर श्री के . बी . गुरूङ, यशोदा राई गौतम उपाध्यक्ष योगेन्द्र लिम्बु, श्री बिजय गोपालको अगुवाईमा सो शिवरात्री पुजा भव्यता का साथ मनाईएको थियो।

शिव कल्चरल कम्यूनिटि सेन्टर यूके रसमुरका अध्यक्ष रोहित 
गुरुङका अनुसार सो संगठनका उपाध्यक्ष क्याप्टेन गोपाल विश्वकर्म, ग्रेटर रशमुर नेपाली कम्युनिटीका पूर्व अध्यक्ष ओम प्रसाद थापा, भीम थापा, असिटेन्ट कल्चरल सेक्रेटरी रमा बानियाँका सक्रियतामा सम्पूर्ण कार्यक्रम गरिएको हो ।

शिव कल्चरल कम्युनिटी सेन्टर यूकेले निकट भविष्यमै रसमोर क्षेत्रमा मन्दिर स्थापना गर्ने लक्ष्य अनुरुप काम गरिरहेको छ ।
सेन्टरले नेपाली संस्कृति तथा धर्मको जगेर्नाका लागि नियमित कर्म गर्दै आएको छ ।