नेपालका वरिष्ठ न्यायाधीशहरुले बेलायतमा सुनाए अनुभव

lowलन्डन– न्यायाधीशहरु सामान्यत: जनसम्पर्कमा जाँदैनन्, उनीहरुको आफ्नै कडा आचारसंहिता हुन्छ ।

तर, बेलायत भ्रमणमा रहेका न्यायाधीशहरु नेपाली समूदायबीच खुलेरै अन्तर्क्रियामा बसे । प्रवासमा न्यायाधीशको नेपाली समूदायबीचको अन्तर्क्रियालाई भने अन्यथा लिइँदैन ।

बेलायती न्याय प्रणाली अवलोकन भ्रमणमा आएको नेपालका वरिष्ठ न्यायधीशहरुको टोलीसँग गैरआवासीय नेपाली संघ, बेलायतले मंगलबार साँझ लन्डनस्थित गोल्डेनसिप रेष्टुरेन्टमा अन्तर्क्रिया आयोजना गरेको थियो ।gor

एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीश ओमप्रकाश मिश्र, सर्वोच्च अदालतका प्रवक्ता एवं सह रजिष्ट्रार नहकुल सुवेदी, दिपायल उच्च अदालतका मुख्य न्यायधिश प्रकाश कुमार ढुंगाना, रुपन्देही जिल्ला अदालतका न्यायधिश रमेशप्रसाद रिजाल, राजदूत डा.दुर्गाबहादुर सुवेदी, ब्रिटेन नेपाल लयर्स एसोसिएसनका अध्यक्ष सोलिसिटर राजु थापा, गैर आवासीय नेपाली संघ युरोप संयोजक कुल आचार्य लगायतले बोलेका थिए ।

कार्यक्रमका सहभागीले नेपालको न्यायपालिका राजनीतिक प्रभावबाट अछुतो रहन नसकेको, भ्रष्टाचार र ढिलासुस्ती हुने जस्ता गुनासा सुनाएका थिए ।rk

अन्तरक्रिया कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीश ओमप्रकाश मिश्रले नेपालको न्यायपालिकामा विभिन्न सुधार भइरहेको बताए । भ्रष्टाचार, ढिलासुस्ती र कुनै दलगत पूर्वाग्रहबाट न्यायलय कदापी निर्देशित नहुने मिश्रको दावी थियो ।

प्रवक्ता सुवेदीले माथिका आरोप अस्वीकार गर्दै न्यायपालिकामा क्रमशः सुधार भइरहेको जनाउँदै एउटा मुद्दा फैसलामा दुई वर्ष भन्दा बढि समय नलाग्ने बताए ।

कार्यक्रम एनआरएनए यूके महासचिव विजय विक्रम लिङ्देन र सचिव फडिन्द्र भट्टराईले सञ्चालन गरेका थिए ।