लन्डन ।– एनआरएन यूकेको विजनेस डिभेलपमेन्ट विभागले नेपाली व्यवसायीबीच अन्तर्क्रिया आयोजना गरेको छ ।
प्लमस्टिड र अल्डरसटमा भएका अन्तरक्रियामा सिईडिबी हाईड्रो फण्ड नेपालका सिईओ विनय भण्डारी र ए स्टार फाइनान्सियल सोलुसन बेलायतका फाइनान्सिययल एड्भाइजर मिन दर्लामीले कार्यपत्र प्रस्तुत गरे । शनिबार प्लमस्टिडस्थित चौतारी रेष्टुरेन्टमा अन्तरक्रिया गरियो भने आइतबारको अन्तरक्रिया अल्डरसटस्थित निरमाया रोधिघरमा सम्पन्न भयो ।
कार्यक्रममा सिईडिबी हाईड्रो फण्डका सिईओ विनय भण्डारीले हाल सम्पुर्ण तयारी पूरा गरी कन्सट्रक्सनको चरणमा जान लागेको १२ मेगावाटको दोर्दी जलविद्युत परियोजनाका बारेमा प्रस्तुति गरेका थिए भने दर्लामीले बेलायतमा व्यवसाय सञ्चालन गरिरहेका नेपाली व्यवसायीहरुलाई विविध विषयमा जानकारी दिएका थिए ।
एनआरएन यूके विजनेस विभागका सचिव सुरज मास्केले सञ्चालन गरेको प्लमस्टिडको अन्तरक्रियामा एनआरएन यूके कोषाध्यक्ष दीपक श्रेष्ठ, अर्कराज तिम्सिना, सुशील प्रजापति, विमल अधिकारी, कृष्ण गैरे, वासु शर्मा, विनोद न्यौपाने, शंकर घिमिरे, मदन पौडेल, दिनेश पौडेल, याम राया, चक्र राना, निरोज मास्के, गुणदेव घिमिरे यमप्रसाद श्रेष्ठलगायतको सहभागिता रह्यो ।
अल्डरसटको अन्तरक्रियाको सञ्चालन एनआरएन यूके विजनेस विभागका प्रमुख ललितकुमार न्यौपानेले गरेका थिए ।
कार्यक्रममा एनआरएन यूके अध्यक्ष मुछेत्र गुरुङ, महिला विभाग प्रमुख सुशीला राई, बोहत बहादुर गुरुङ, रमेश सरांगकोटी, प्रभु न्यौपाने, हामे नेपाल , रोशन न्यौपानेलगायत थिए ।






