काठमाडौं– नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले भारतीय विदेश मन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणप्रति असन्तुष्टि व्यक्त गरेका छन् । श्रेष्ठले भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणको समय कुटनीतिक र राजनीतिक अभ्यास अनुकूल नभएको बताए ।
शुक्रबार बिहान ट्वीट गर्दै भने ‘सुष्मा स्वराजको नेपाल भ्रमण सामान्य कुटनीतिक र राजनीतिक अभ्यास अनुकूल छैन्,ट्वीटरमार्फत उनले भनेका छन्, ‘तर उहाँलाई हामीले स्वागत गरेका छौं र भ्रमण फलदायी बनाउन कामना र कोसिस गरेका छौं।’
पछिल्लो समय श्रेष्ठले भारत र वाम गठवन्धनको विकासप्रति विवादित धारणा सार्वजनिक गर्दै आएका छन् ।






