मञ्जु पौडेलको तिज भिडियो छायांकन :

DSC_0786
जनार्दन घिमिरे

गुल्मी, ८  साउन ।  हिन्दु नारीहरुको मुख्य चाड हरितालीका पर्व नजिकिंदैजाँदा गुल्मी जिल्लामा तिज गीतहरुको छायांकन शुरु भएको छ । तीज गीतको छायांङ्गकन शुरु हुन थालेपछि जिल्लामा यस पटक भने चाँडैवाट तिजको रौनक वढ्न थालेको छ
तीज आउन झण्डै डेढ महिना बाँकी भए पनि कलाकारहरुलाई भने तीजको चटारो शुरु भैसकेको छ । कलाकारहरु यतिबेला अन्य बाहिरी कार्यक्रममा भन्दा नयाँ तीज गीत रेकर्ड गर्ने र म्युजिक भिडियो बनाउन व्यस्त हुन थालेका छन् ।
लोक तथा दोहोरी गीतमा फरक प्रस्तुती दिंदै आएकी चर्चित गायीका मञ्जु पौडेल र गायक सन्तु थापाको स्वरले सजिएको “मुखैले ठिक्क बनायौ” नामक तिज गीत चाँडै नै बजारमा आउँने भएको छ ।
गीतको भिडियो गुल्मीको सदरमुकाम तम्घास धागिथुम स्थित भगवती मन्दीरमा छायांकन गरिएको छ । शुक्रबार उक्त गीतको भिडियो छायाांकन गरिएको हो । गीतमा चर्चित शब्द संकलक नेत्र अर्यालको शब्द र खेम सेञ्चुरीको लय रहेको  छ । गीतमा चर्चित डान्सर शंकर बिसी र डान्सर रश्मी  तामाङ्द्वारा अभीनय गरिएको उक्त गीतको नृत्य निर्देशन शंकर विसिले गरेका छन् भने छायांकन राजेश घिमिरेले गरेका छन् ।
युवा र युवती वीचको प्रेम र वेईमानीको कथामा आधारित उक्त गीत आषिश म्यूजिक प्रालीले यही साउन महिनाको तेश्रो सातामा बजारमा ल्याउने तयारी गरेको गायक सन्तु थापाले वताए । नयाँ शव्द र विषय वस्तुलाई आधार बनाएर बजारमा ल्याउन लागिएको उक्त गीत र भिडीयोले श्रोताहरुको माया बटुल्ने बताईएको छ