एनआरएन नेताद्धय पाण्डे र श्रेष्ठको सम्मानमा लन्डनमा कार्यक्रम

Aलण्डन । एनआरएन हंककंगका संस्थापक अध्यक्ष कृष्ण पाण्डे र एनआरएन विधान समितिका सदस्य तथा जापानका युवा व्यवसायी महेश श्रेष्ठलाई एनआरएन यूकेले लण्डनमा सम्मान गरेको छ ।

बेलायत भ्रमणमा रहेका एनआरएन नेताद्धयको सम्मानमा एलथामस्थित याक एण्ड यति रेष्टुरेन्टमा बिहिबार एक कार्यक्रम गरिएको थियो ।  त्यसक्रममा उनीहरुलाई एनआरएन यूकेका अध्यक्ष महेन्द्र कंडेल लगायतले खादा ओढाएर सम्मान गरे ।

कार्यक्रममा पाण्डे पत्नी भगवति पाण्डेसंगै छोरीहरु स्वेता र स्वति पनि उपस्थित थिए । अधयक्ष कंडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एनआरएन यूकेकी निवर्तमान सचिव संिगता मरहट्ठाले स्वागत मन्तव्य दिएकी थिइन ।

त्यस्तै अन्त्यमा एनआरएन यूकेका कार्यसमिति सदस्य दिपक श्रेष्ठले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा एनआरएन यूकेका पूर्व अध्यक्ष कुल आचार्य, आईसिसी सदस्य विनोद ज्ञवाली, यूके सचिव दासुराम पाण्डे, सदस्यहरु फडिन्द्र भट्टराई, ललित न्यौपाने, सल्लाहकार सुरज केसी, व्यवसायी राजन कंडेल, जिवन सेन, जिवन अधिकारी,देवेन श्रेष्ठ, कुश बस्नेत, सनम श्रेष्ठ लगायतको सहभागिता थियो ।
कार्यक्रम एनआरएन यूके महासचिव आरके त्रिपाठीले सञ्चालन गरेका थिए ।