एनआरएनए यूके बिजिनेस बिभागको व्यवसायिक उत्प्रेरणा तालिम सम्पन्न

लन्डन,

एनआरएनए यूके बिजिनेस डेभलोप्मेन्ट बिभागले नेपाल बाट आउनु भएका लाइफ कोच इन्द्र गुरुङ बाट” ब्यबसायिक उत्प्रेरणा तालीम ” प्लमस्टिड मा सफलता पुर्बक सम्पन्न गरेको छ । उक्त कार्यक्रमको सञ्चालन एनआरएनए यूके बिजिनेस डेभलोप्मेन्ट बिभागका सचिब सुरोज मास्के ले गरेका थिए । प्रशिक्षक इन्द्र गुरूंगको बारेमा संछिप्त परिचय समाजसेवी फत्ता थापाले गराउनु भएको थियो !नेपाल ओलम्पिक कमिटीको साइकोलोजी एण्ड ब्रेन कोच र हग एण्ड हिलका संस्थापक गुरुङ अमेरिकी संस्था ह्यूमेन्स अफ आवर वल्र्डको एसिया एम्बेसेडर पनि हुन् ।

त्यसै गरी ऊनि प्रोफेशनल फायरवाकिङ (आगोमा हिड्ने) इन्सट्रक्टर ट्रेनिङ सफतापूर्वक लिएर सर्टिफिकेट प्राप्त गरेपछि नेपालमा आगोमा हिंड्न सिकाउने पहिलो राष्ट्रिय प्रशिक्षक भएका छन् । प्रशिक्षक इन्द्र गुरूंगले करीब ३ घण्टा ब्यबसायिक उत्प्रेरणा सम्बन्धी तालीम प्रदान गर्नु भएको थियो ! ब्यबसायीहरु लाई अत्यन्त उपयोगी तालीम भएको ले सहभागी हरु अबेर सम्म मंत्रमुग्ध भई भाग लिएका थीए । तालीम पश्चात प्रशिक्षक इन्द्र गुरूंग लाई एनआरएनए यूकेका निबर्तमान अध्यक्ष महेन्द्र कंडेल , एनआरएनए यूकेका सल्लाहकार एबम नेपाल पर्यटन बोर्ड का बेलायत स्थित प्रतिनिधि पसुपति भण्डारी र आयोजक एनआरएनए यूके बिजिनेस डेभलोप्मेन्ट बिभागका संयोजक ललित कुमार नेउपानेले संयुक्त रुपमा खाता र प्रमाण पत्र प्रदान गर्दै सम्मान गर्नु भएको थियो ।

त्यसै गरी प्रशिक्षक इन्द्र गुरूंगले नेपालमा सञ्चालन गरेको च्यॉरिटी बचौ र बचाओ(HUG & HEAL) को लागि सहयोग गर्न एनआरएनए यूकेका कोषाध्यक्ष दीपक श्रेस्ठ ले आफ्नो मन्तब्य राख्दै सहभागीहरु लाई सहयोगका लागि अनुरोध गर्नु भएको थियो । कार्यक्रमका सहभागी हरुले स्वेच्छाले प्रदान गर्नु भएको ६०० पाउण्ड गुरुंगको च्यॉरिटी ‘बचौ र बचाऔ ‘ को लागि गुरुंग लाई हस्तान्तरण गरिएको थियो । उक्त कार्यक्रम संचालन गर्न लागेको सम्पूर्ण खर्च यूरोपको नेपाली पत्र ,ललित नेउपाने, दीपक श्रेस्ठ ,सुरोज मास्केले संयुक्त रुपमा स्पोन्सर गरी गरिएको थियो ।

कार्यक्रमको अन्त्यमा बिजिनेस डेभलोप्मेन्ट बिभागका संयोजक ललित कुमार नेउपानेले प्रशिक्षक गुरुंग लगायत उपस्थित सबैलाई धन्यवाद दिदै ब्यापार र ब्यबसायी हरुको हित र बिकाशको निम्ति बिबिध कार्यक्रम हरु ल्याउन बिभाग क्रियासिल रहेको जानकारी दिनु भएको थियो । उक्त कार्यक्रममा एनआरएनए यूकेका निबर्तमान अध्यक्ष महेन्द्र कंडेल , नेपाल पर्यटन बोर्ड का बेलायत स्थित प्रतिनिधि पसुपति भण्डारी ,एनआरएनए यूके का सहायक महासचिब अर्जुन कटुवाल ,सचिब फड़ीन्द्र भट्टराई ,कोषाध्यक्ष दीपक श्रेस्ठ ,प्रबक्ता खुसी लिम्बु ,सदस्य राजेश पाठक ,बिजिनेस डेभलोप्मेन्ट बिभागका सदस्य हरिस ज्ञवाली लगायत साऊथ ईस्ट लन्डन आसपासका बिभिन्न ब्यबसाय संग संबन्धित करीब ५० जनाको सहभागिता रहेको थियो ।