काठमाण्डौ १३ असोज । हिजो प्याजको आयात मेही मात्रामा बढेसँगै प्याजको मूल्यमा गिरावट आएको छ। भारतले केही दिनदेखि आयातमा लगाएको रोकमा तरकारीको गाडीमा भने केही खुकुलो गरको छ।
उपत्यकाको सबैभन्दा ठूलो कालीमाटी तथा फलफूल तरकारी बजारमा प्याजको आयत हुननसक्दा सोमबार प्याजको मूल्यमा एक्कासी बृद्धि आएको थियो। तर आयात लगतै आज मङ्गलबार पुनः प्याजको मूल्यमा भारी गिरावट आएको छ।
आज मङ्गलबार प्याजको मूल्य थोक बजारमा प्रतिकिलो १ सय ९ रुपैयाँमा कारोबार भईरहेको छ। यस अघि कालीमाटी तरकारी बजारमा प्याजको मूल्य एक साता अघि देखि प्रतिकिलो १ सय ४३ रुपैयाँमा कारोबार भइरहेको थियो। यो मूल्य हिजो सोमबारको भन्दा ३३ रुपैयाँले घटी हो।
बाहिर खुद्रा बजार भने प्रतिकेजी १२० देखि १३० रुपैयाँसम्म व्यापारीहरुले बेचिरहेका छन्। आयातमा कुनै समस्या नरहेमा प्याजको मूल्यमा निरन्तर गिरावट आउने तरकारी बजार व्यवस्थापक प्रमुख रमेश डंगोलले बताए।






