महानगरीय प्रहरी परिसर हनुमानढोकाले विद्यार्थी रितु महासेठको हत्यामा संलग्न विमलेशप्रसाद यादवलाई आज सार्वजनिक गरेको छ । परिसरले यहाँ आज गरेको पत्रकार सम्मेलनमा धनुषा जिल्लाका २७ वर्षीय यादवलाई सार्वजनिक गरेको हो ।
यादवले धनुषा तुलसीयाहीजव्दी–४ घर भई हाल काठमाडौँमा बसी कान्तिपुर कलेज मिलनचोक बानेश्वरमा बिबिए पहिलो वर्षमा अध्ययनरत २० वर्षीय रितुलाई यही मङ्सिर २० गते घट्टेकुलो धोवीखोला करिडोरमा छुरी हानी घाइते बनाएको र उनको उपचारका क्रममा सोही दिन त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको थियो ।
यादवले रितुलाई प्रेम प्रस्ताव गरी केही वर्षदेखि पछ्याइरहेको र रितुले नमानेपछि प्रतिशोध लिने उद्देश्यले सो घटना घटाएको अनुसन्धानको क्रममा खुलेको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको परिसरका प्रहरी नायब उपरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिनुभयो । प्रहरीले बुधबार साँझ यादवलाई बालाजुबाट पक्राउ गरेको थियो ।
रितुको हत्यारा सार्वजनिक






