बेलायतबाट कुमार पुनले रिलिज गरे म्याग्दीको भाषा र संस्कृति (भिडियोसहित)

लण्डन। सांगीतिक कार्यक्रमको सिलसिलामा बेलायतमा रहेका गायक कुमार पुन सालैजो गीत लिएर दर्शक श्रोतामाझ आइपुगेका छन् । सालैजोमा म्याग्दी जिल्लाको भाषा र संस्कृति झल्केको छ ।गीतमा कुमार पुन, जमुना राना र कुमारी चेपाङको स्वर रहेको छ ।

गीतको लय शब्द कुमार पुनले आफैँ तयार पारेका हुन् ।स्थायी रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको यो गीतको एरेन्ज सागर बिरहीले गरेका हुन् ।गीतको भिडियोमा बद्री केसी, दिपक मैथाने मगर, सोफिया बुढा, एन्जी रोका लगायतको नृत्य रहेको छ । निर्देशन, छायांकन तथा सम्पादन मनोज गुरुङले गरेका छन् । त्यस्तै छायांकन सहयोगीको रुपमा मनि गुरुङ र कोरियाग्राफी बद्री केसीको रहेको छ ।

बेलायतस्थित म्याग्दी देवीस्थान समाजको सहयोगमा सो गीतको सुटिङ यहाँ गर्न सम्भव भएको पुनले बताए ।

भिडियोमा हेर्नुहोस—

Leave a Reply

Your email address will not be published. Required fields are marked *