तक्दीर अधिकारी
सिड्नी । आउँदो शनिबार जुलाई ६ तारिखमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ । उक्त निर्वाचनमा प्रकाश प्रसाईंले आईसीसी सदस्यका लागि उम्मेदवारी दिएका छन् । विगत १० वर्षदेखि अस्टे«लियामा बसोबास गर्दै आएका प्रसाईं पेशाले इञ्जिनियर हुन् ।
विभिन्न संघसंस्थामा आबद्ध रहेर समाजसेवामा होमिएका प्रसाईं अस्टे«लिया नेपाल फ्रेन्डसीप सोसाइटीका पूर्व कार्यकारी सदस्य हुन् । नेपालमा हाइड्रो पावरको क्षेत्रमा विश्वविद्यालयमा अध्यापन गराउने प्रसाईले मतदातासँग भनेको छ, ‘म कोहो भन्नुभन्दा पनि मैले उठाएका एजेन्डा चित्त बुझ्छ भने मलाई मत दिनुहोस् । सामान्यता मैले अस्ट्रेलियामा नेपाली समुदायलाई समेट्ने प्रयास गरेको छु ।’
उनले सदस्य संख्यामा वृद्धि, सदस्यता बनाउँदा सिर्जनाको विकृति अन्त्य, प्रविधिको उच्चतम प्रयोग, हातेमालोलाई प्रोत्साहन र ज्ञान र प्रविधिको भण्डारलाई नेपाल लैजाने एजन्डा अघि सारेका छन् ।
यस्तो छ प्रसाईको एन्जेडा
सदस्यको संख्यामा बृद्धी : अष्ट्रेलियामा रहेका नेपाली संख्याले करिब एक लाख नाघिसकेको छ । यति धेरै जनसंख्या हुँदाहुँदै पनि एनआरएनएको सदस्य जम्मा ११ हजारको हाराहारीमा छ । अर्थात् कुल जनसंख्याको १० प्रतिशत मात्र मतदाता छन् । म बिजयी भएको खण्डमा सदस्यको संख्या उल्लेख्य रुपमा बृद्धि गराउनको लागि आवश्यक पहल गर्नेछु । अलि कति मेहनत गर्ने हो र सदस्यतासम्बन्धी व्यवस्थालाई सुधार गर्ने हो भने पनि हामी यो संख्यालाई बढाएर कम्तीमा २५ देखी ५० हजारको हाराहारीमा पु¥याउन सकिन्छ । त्यसका लागि संस्थालाई अझ बढी समाबेशी बनाउनु जरुरी छ । धेरैभन्दा धेरै नेपाली एनआरएनएको सामाजिक अभियानमा सहभागी गराउनै पर्छ ।
बिकृति रोक्ने : खासगरी बिकृतिकै रुपमा रहेको कुरा र सबैले भन्ने गरेको कुरा केहो भने एनआरएनएले निर्वाचनको बेला मात्रै सदस्यताको अभियान चलाउछ । अर्थात जतिबेला भोट चाहियो त्यती बेलै सदस्य खोज्ने गरिन्छ । यो अभियानलाई बर्षभरि नै निरन्तरता दिन सकेको देखिदैन । यसरी अन्तिम समयमा सदस्य बन्ने र बनाउने होड बाजीले गलत प्रबृति र पात्रलाई स्थापीत गर्छ । मेरो प्रमुख उद्देश्य एनआरएनएलाई सहज र समाबेशी रुपमा सबैको पहुँचमा लैजाने भन्ने हुनेछ ।
हाल बिद्यमान महंगो सदस्यता शुल्क घटाउने तर सदस्यको दायरा बढाउने हो भने कम शुल्कमा बढी सदस्य बन्ने स्थिति सिर्जना हुन्छ र बढी सदस्यबाट संकलन गर्ने सदस्यता शुल्कमा भने बृद्धी गरी संस्थालाई पनि दह्रो बनाउन सकिन्छ । अर्को एनआरएनए सदस्यता कार्डलाई डिजीटलाईज्ड गरेर अष्ट्रेलियामा चालिरहेका ठूलो संख्याका व्यवसायिक संघ संस्थासँग सहकार्य गरी सदस्यता शुल्कलाई सकेसम्म कम गर्न पहल गर्न सकिन्छ ।
प्रविधिको उच्चतम प्रयोग : आजको यो डिजीटलाईज्ड दुनियामा एनआरएनए भने कतिपय अबस्थामा पुरानै ढर्राबाट चलिरहेको हो कि जस्तो भान हुन्छ । प्रबिधीको उच्चतम प्रयोग गदै बिभिन्न अनुत्पादक खर्चलाई कमी ल्याउने प्रयास गर्नु उपयुक्त हुन्छ । निर्वाचन प्रकृया खर्चिलो बन्दै गैरहेको छ । एनआरएनएमा लाग्ने उमेदवारी शुल्क अष्ट्रेलीयाको संसद पदको उमेदबारको लागी तोकिएको शुल्ककै हाराहारीमा छ । साधरणभन्दा साधारण सदस्य यस्तो महंगो उमेदवारी शुल्क भएको अबस्थामा निर्वाचन लड्न आउने संभावना रहदैन । यसले एनआरएनएप्रति आकर्षणभन्दा बढी बिकर्षण गर्ने खतरा रहिरहन्छ ।
हातेमालोलाई प्रोहत्सहान : एनआरएनएको नितिगत तहमै धेरै कुरा सुधचर गरिनु पर्छ ताकि धेरैभन्दा धेरै भोलेन्टीयरलाई यसमा समाबेश गर्न सकियोस् । जतिधेरै संख्यामा हामी गोलबन्द हुन्छौं त्यति नै ठुलो रुपमा हाम्रो आबाज बन्ने छ । अनि मात्रै हामीले बिभिन्न मुद्धामा सहज रुपमा एड्भोकेसी र लबीङ्ग गर्न सक्षम हुने छौ ।
ज्ञान र सिपको भण्डार : एनआरएनएले नेपाल र नेपालीको लागी गर्ने त छदैछ अब अष्ट्रेलीयाकै बिभिन्न निकायहरुमा पनि नेपाली समुदायका सदस्य अझै क्रियाशील भूमिकामा स्थापीत हुन जरुरी छ । जस्तोःउत्कृस्ट ब्यबसायी, डाक्टर, ईञ्जिनियर, खेलाडी, अर्थशास्त्री आदिको नाम लिदा पनि नेपाली मुल नछुट्ने र अगाडी आउने अबस्था सिर्जना गराउनका लागि सामुहिक रुपमा पहल गर्न जरुरी छ । यसका लागि एनआरएनए सदस्यहरुको बृति बिकाशको लागि एउटा प्लेट फर्मको रुपमा रहनु एकदमै जरुरी छ ।






