फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य !

काठमाण्डौ । नेपाल आयल निगमले गयराति १२ बजेबाट लागु हुनेगरि फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल/मट्टितेलमा प्रतिलिटर ९/९ रुपैयाँ र हवाई इन्धन आन्तरिकतर्फ ५ रुपैयाँ बढाएको छ ।

भारतीय आयल कर्पोरेसन्सले पठाएको नयाँ मूल्यसूची अनुसार अब पेट्रोल प्रतिलिटर१ सय ८१ रुपैयाँ, डिजेल र मट्टितेल १ सय ७२ रुपैयाँ र हवाई इन्धन (आन्तरिक) १ सय ९० रुपैयाँ पर्नेछ । निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको जनाएको छ ।

यसैबीच, निगमले तेल वितरणमा कोटा प्रणाली लगाउन सरकारलाई प्रस्ताव गरेको छ । बढ्दो इन्धनको खपत कम गर्न एक पटकमा मोटरसाइकललाई बढीमा ५ लिटर र कार तथा जिपलाई २० लिटरसम्म तेल वितरण गर्नेगरी कोटा प्रणाली लगाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई प्रस्ताव गरेको हो ।

निगमले सरकारी तथा निजी सवारीसाधन जोर विजोर प्रणालीमा सञ्चालन गर्न पनि सरकारलाई प्रस्ताव गरेको छ । देशका प्रमुख शहरमा शनिबार गाडीरहित सार्वजनिक विदाको घोषणा गर्नुपर्ने निगमको प्रस्ताव रहेको आयोगका प्रवक्ता विनितमणि उपाध्यायले बताए ।

निगमले छोटो दूरीमा सवारीसाधनका प्रयोग नगरी पैदल यात्रा गर्न पनिसर्वसाधारणलाई आह्वान गरेको छ । पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनलगायत अन्य उपकरणहरूको आयात बन्द गर्ने, ठूला उद्योग, परियोजना, होटल आदिले डिजेल तथा एलपी