बेलायत सरकारसँगको द्विपक्षीय श्रम सम्झौता स्वीकृत गर्ने सरकारको निर्णय

काठमाण्डौ । सरकारले बेलायत सरकारसँगको द्विपक्षीय श्रम सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ ।

जेठ ३१ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञोनेन्द्रबहादुर कार्कीले बेलायत सरकारसँगको द्विपक्षीय श्रम सम्झौता स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिए।

सरकारले राष्ट्रिय बिमा कम्पनीको अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव रामेश्वर ज्ञवालीलाई मनोनयन गर्ने तथा जापान सरकारबाट नेपालको मानव संसाधन विकासका लागि प्राप्त हुने ३ सय ७६ मिलियन जापानी येन (करिब ३६ करोड ६२ लाख रुपैयाँ)को अनुदान सहायता स्वीकार गर्ने निणर्य गरेको पनि बताए ।

मन्त्री कार्कीले सरकारले एपीजी एशिया प्यासिफिक ग्रुप अफ मनि लर्निङको मिति २०७९ साउन ८ देखि १२ गतेसम्म मेलेसियामा आयोजना हुने वार्षिक साधारण सभामा सहभागिताको लागि सचिव द्वय धनराज ज्ञवाली र उदयराज सापकोटाको वैदेशिक भ्रमण स्वीकृत गर्ने, मिति २०७९ असार ११ र १२ गते स्विट्जरल्याण्डमा आयोजना हुने नाइन्टी सेकेण्ड एनियल जनरल मिटिङ अफ द बैँक अफ इन्टरनेशनल सेटलमेण्ट विषय कार्यक्रममा भाग लिन नेपाल राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारीलाई स्वीकृत दिने, राष्ट्रिय बीमा कम्पनी लिमिटेडको अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव रामेश्वर ज्ञवालीलाई मनोनयन गर्ने निणर्य गरेको जानकारी दिए। ।