काठमाण्डौ । नेपालमा मंकीपक्स शंकास्पद बिरामी भेटिएका छन् । मंकीपक्स भाइरससँग लक्षण मिल्ने बिरामी फेला परेको हो ।
उनी हालै दुबईबाट नेपाल आएका एक युवामा मंकीपक्स भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएको हो । शुक्रराज ट्रपिकल तथा सरूवारोग अस्पतालका एक डाक्टरका अनुसार ती युवाको परीक्षण गर्ने तयारी छ ।
केही लक्षण मन्कीपक्ससँग मिल्दोजुल्दो देखिए पनि मन्कीपक्स नै हो भन्न सकिने अवस्था भने नरहेको भन्दै चिकित्सकहरुले जाँच गरिरहेका छन् ।






