पत्रिकामा नाम छपाउन र चर्चा कमाउन मेरो उमेद्वारी होइन:(सुरोज मास्के)उपाध्यक्षका उमेद्वार !

लण्डन । बेलायतमा एनआरएन यूकेको चुनावी सरगर्मी क्रमशः बढ्दै गएको छ । सेप्टेम्बर १४ मा हुने निर्वाचनमा विभिन्न पदका प्रत्यासीले आफ्नो आकांक्षा सार्वजनिक गर्ने लहर नै छ । यसैक्रममा एनआरएन यूकेको वर्तमान कार्यसमितिका सचिव सुरोज मास्केले आफ्ना चुनावी एजेण्डाहरु सार्वजनिक गर्दै उपाध्यक्ष पदमा आफ्नो उमेद्वारी घोषणा गरेका छन् ।

सुरोज मास्के बिगत लामो समय देखि बेलायतको नेपाली समाजमा रहेर बिबिध गतिबिधि र सामुहिक काममा संलग्न हुने क्रममा जातिय , क्षेत्रीय , ब्यबसायिक उदेश्यका संस्थाहरुभन्दा फरक उदेश्यको प्रवासका नेपालीहरुको छाता संगठन गैर आवासीय नेपाली संघमा रहेर नै काम गर्ने उनको रुचिले गैर आवासीय नेपाली संघ संग आबद्ध हुन पुगेका बढी बोलेर , देखावटी भन्दा काम र प्रभावमा बिश्वास राख्नेर हिड्ने सुरोज मास्के गैर आवासीय नेपाली संघ बेलायतको कार्यसमितिमा सदस्य हुँदै सचिव पदमा रहेर काम गरिसकेका छन् ।

प्रस्ट बिचार राख्ने , सहयोगी भावना र आफ्नो जिम्मेवारी डटेर पुरा गर्ने , इमान्दार र कर्तब्य निष्ठ एक सफल ब्यापारीको रुपमा आफुलाई स्थापित गरेका छन् । कुनै पनि विवादमा नपरेका स्वच्छ छवीका मास्केलाई सबै जाति , वर्ग , क्षेत्र , लिङ्ग क्षेत्र तथा पार्टीका कार्यकर्ताहरुले समान रुप विश्वाको नजरले हेर्ने गरेको बताइन्छ ।हाल सम्म घोसणा भएका उपाध्यक्षका उमेद्वार मध्ये संस्थापन पक्षका साझा उमेद्वार एक बलिया दावेदारको रुपमा उनीलाई लिईएको छ ।

हालको कार्य समितिमा गैर आवासीय नेपाली संघको सचिवको रुपमा रहदा उनलाई व्यापार बिभागको जिम्मेवारी दिईएको थियो । उनले पाएको जिम्मेवारी अनुरुप उपलब्ध सिमित स्रोत र साधनका बाब्जुध पनि बिगत बर्षमा बिबिध ब्यापारिक अन्तरक्रिया , आफ्नो बिभाग मार्फत संघका साथीहरुले चाहेको समन्वय , लगानी सम्बन्धि अन्तरक्रिया , स्थानीय नेपाली व्यापार-ब्यबसायलाई प्रोत्साहन र प्रबर्धन गर्ने बिबिध योजना , सामाजिक संजाल गतिबिधि साथै बेलायतमा रहेका नेपाली ब्यापारिक् संघ संस्थाहरुको डाइरेक्टरी बनाउने अभियान सुरु गरेका थिए ।

प्रस्तुत् छ मास्केसंग गरिएको कुराकानीका केहि अंस :

तपाइँको उमेद्वारी के का निम्ति ?

मेरो उमेद्वारी के का निम्ति भन्दा पनि यो यहाको समाज प्रति मेरो एउटा समर्पणको रुपमा लिएको छु । समुदायको हकहितको लागि सकेको योगदान गर्ने समर्पण मनमा आयो हाल सम्म गैर अवासिया नेपाली संघमा निरन्तर माया र हौसला पाएको छु । यहाको समुदायले गत चुनावमा मलाई सचिवको पदमा बिजयी गराएर जुन हौसला र बिश्वास प्रदान गर्यो त्यसलाई निरन्तरता दिन अझ बढी इमान्दार भएर काम गर्ने इच्छा जाग्यो त्यसैका निम्ति मेरो उमेद्वारी हो ।कुनै पत्रिकामा नाम छपाउन , चर्चा कमाउने मेरो ध्यय हैन ।

वर्तमान कार्य समितिमा यहाँको भूमिका कस्तो रहयो ?

गैर आवासीय नेपाली संघ एक टिम वर्क हो यो स्वयं सेवी संस्था हो । सबैले खटेर काम गर्नु भएको छ। हाम्रा अध्यक्ष आदरणीय योगदाई जहाँ तही पुग्नु भएको छ खाई नखाई सकी नसकी सकेको गर्नु भएको छ , टिमका साथीहरु पनि आफ्नो व्यक्तिगत जीवन थाति राखेर लाग्नु भएको छ । मैले व्यापार बिभागमा रहेर आफ्नो क्षमताले भ्याए सम्म योगदान गरेको छु । लगानी सम्बन्धि केहि कार्यक्रम हरु भए , बेलायतमा रहेका नेपाली ब्यापारीहरुको डाइरेक्टरी बनाउने काम भई रहेकोछ सायद म आगामी कार्यकाल उपाध्यक्षमा जिते भने यो काम सफल पार्न अझ सहज हुने छ ।

गैर आवासीय नेपाली संघले काम गरेन सदस्य भएर काम छैन भन्ने हरुलाई के भन्नु हुन्छ ?

यो एक स्वयं सेवी संस्था हो मान्छेहरुको धेरै अपेक्षा हुनु स्वभाविकहो , यसमा नेपाल सरकार तथा बेलायत सरकारले आएर केहि दिने र गराइदिने हैन हामी आफैले स्रोत साधन जुटाएर काम गर्ने हो । यो गरेन त्यो गरेन भनेंहरुलाई म पहिला आफुले पनि केहि योगदान गरौँ सकेको सहयोग गरौँ अनि मात्र आलोचना गरौँ भन्न चाहन्छु । गैर आवासीय नेपाली संघले निरन्तर सकेको प्रयास हरु गर्दै आएको छ । नागरिकताको सवालमा एक किसिमको अधिकार प्राप्त भइ सकेको छ । गैर आवासीय नेपालीले नेपालको राष्ट्रिय खेलकुदमामा भाग लिन पाउने , विभिन्न ब्यबसायिक स्किम ल्याउने , लागनीका सम्भावना खोजि गर्ने बिबिध काम भई रहेको छ । अप्ठेरो पर्दा एनआरएन खोज्ने सहज हुँदा यसलाई गाली गर्ने नगरौं । म सबैलाई यो संस्थाको सदस्य बनेर मिलेअर अघि बढौं । हामीले चाहेको जस्तोत एनआरएन बनाउँ भन्न चाहन्छु । सल्लाहकारमा बस्न लालायित हुने ठुलो समिति बन्यो अहिले तिनै कतिपय सल्लाहकार १ दिन पनि सल्लाह नदिई गाली गरेर हिड्नु भएको छ ।हाम्रो टिमले सकेको गरेका छौं । कमीकमजोरीलाई सुधारेर अझै मजबुद हुँदै जाने मेरो प्रण हुने छ ।

तपाई उपाध्यक्ष भए के परिवर्तन ल्याउने सोच राख्नु भएको छ ?

प्रस्तुत छ मास्केको प्रतिबद्धता जस्ताको तस्तै :मैले आफ्नो घोसणा पत्रमा नै उल्लेख गरिसकेको छु मेरो उमेद्वारी टिम वर्कलाई सफल पार्न हुने छ र निम्न उदेश्य पुरा गर्न मा सदैव लागि रहने छु : -यो भन्दा २ कार्यकाल अघिबाट सुरु गरिएको नेपाल हाउस प्रोजेक्टलाई जसरि पनि म सफल बनाउन लाग्छु । – गैर आवासीय नेपाली संघलाई आर्थिक रुपले सबलीकरण गर्न च्यारिटीमा मात्र भर पर्नु पर्नुपर्ने अवस्थालाई परिबर्तन गरि आर्थिक संकलनका बिबिध रणनीतिक कार्यक्रमहरु तयार गर्ने । – लामो समय देखि ब्यापार ब्यबसायमा रहेको हुँदा ब्यापारिक संघसंस्थाहरुको बलियो उपस्थितिले संस्थाको आर्थिक शक्तिपनि बढ्ने हुँदा व्यापार बिभागलाई अझ ससक्त बनाएर अघि बढ्ने । नेपाली उत्पादन तथा बस्तुहरु प्रदर्शन गर्नको लागि बार्षिक रुपमा ब्यापारिक मेलाको सुरुवात गर्न पहल गर्ने । हाल सुरु गरेको व्यापार, ब्यबसायको डाइरेक्टरीलाई पूर्णता दिएर व्यापार ब्यबसायको हकहितिको निम्ति सामुहिक थलोको निर्माण गरेर गतिबिधि संचालन गर्ने । – गैर आवासीय नेपाली संघका गतिबिधीहरुलाई वार्षिक क्यालेन्डर बनाएर सोहि अनुरुप कार्यसम्पादन गर्ने । –

बेलायतमा रहेका नेपालीहरुको गदिबिधि संघ संस्था हरुका गतिबिधिलाई समेटेर सामुहिक क्यालेन्डर तयार गर्ने । – संघको मूल नेत्रित्वलाई व्यापार र अन्य क्षेत्रबाट भरपुर् सहयोग गरेर सफल बनाउन लाग्ने । – संस्थाका सदस्यहरुको हकहितको लागि एक डेडीकेटेड हेल्प लाइन( फोन र वेब साइट ) संचालन गर्ने । – दोहोरो नागरिकताका बिषयमा राज्य , केन्द्र हुँदैसम्बन्धित पक्षहरुसम्म समुदायका आवाजलाई बुलन्द गर्ने । – संघलाई बेलायत स्थित युवा तथा महिला मैत्री बनाउन र पूर्ण समावेसी र समानुपातिक बनाउन निरन्तर पहल गर्ने । – चुनावी प्रक्रियालाई प्रविधिको सहायताले अनलाइनमा लिएर जान पहल गर्ने । – समुदाय र संघ संस्थाहरुलाई भइपरि आउँदा सहयोग गर्न र एकै माप दण्ड र समानताको आधारमा बराबर सहयोग गर्ने गरि अक्षय कोष खडा गर्न पहल गर्ने – बेलायत स्थित हरेक नेपालीका घरमा दुख पर्दा ,मरीमराउ हुँदा अवस्था हेरी गैर आवासीय नेपाली संघको तर्फ बाट सम्पूर्ण कामकाजमा सहयोग गर्ने । – बेलायत स्थित संघ संस्थाहरुका प्रदिनिधिहरुको काउन्सिल निर्माण गरी नीतिनिर्माणमा भूमिका रहने गरि छुट्टै परिसदको रुपमा स्थापना गर्ने । – बिद्धिजीवि तथा बिज्ञहरुको समूह बनाई छरीएर रहेका सिप ज्ञानलाई सामुहिक हितका लागि प्रयोग गर्न पहल गर्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *