लन्डन । चारा घोटालामा पूर्वमुख्यमन्त्री लालु यादवलाई थप ५ वर्ष जेल सजायँ सुनाइएको छ। विहारको चर्चित चारा घोटालामा यादवलाई बुधबार सिबीआईको विशेष अदालतले ५ वर्ष सजायसहित १० लाख जरिवाना तिराउने फैसला सुनाएको हो ।
भारतीय सञ्चारमाध्यमले जनाएअनुसार चारा काण्ड चाइबासा कोषको हिनामिनासँग सम्बन्धित छ। चारा घोटालाअन्तर्गत लालुलाई यसअघि पहिलो मुद्दामा ५ र दोस्रो मुद्दामा साढे ३ वर्ष सजाय भइसकेको छ। उनले जेलमा बसेर उक्त सजाय काटिरहेका बेला थप सजाय सुनाइएको हो।






