लण्डन । बेलायतको जेलभित्र ११ नेपाली रहेको खुलासा भएको छ । बेलायतको जेलभित्र १० पुरुष र १ महिला गरी ११ नेपाली नागरिक रहेको खुलासा भएको हो । बेलायत सरकारका तर्फबाट लण्डनस्थित नेपाली दूतावासलाई उपलब्ध गराइएको तथ्यांकअनुसार यहि जनवरी महिनाको १२ तारिखका दिनसम्मको संख्या हो ।
यसअघि लण्डन दूतावासले बेलायतमा इमिग्रेसन, चोरी लगायतका विभिन्न अभियोगमा जेल सजाय भोगिरहेका नेपालीहरुको संख्याबारे जानकारी मागेपछि यहाँको सरकारले तथ्यांक उपलब्ध गराएको हो ।उनीहरुले कुन अभियोगमा जेल सजाय भोगीरहेका छन भन्ने विषयमा केहि खुलाइएको छैन् ।






