त्यसो त बलिउड अभिनेता सलमान खान र उनकी रोमानियन ‘गर्लफ्रेन्ड’ लुलिया वन्तुरले सम्बन्ध स्विकारिसकेका छैनन्, तर उनीहरू यो सम्बन्धमा ‘सिरियस’ भएको अनेक प्रमाण भेटिएका छन् । केही समयअघि सलमानको जन्मदिनमा सलमानको घरमै पुगेकी लुलिया अहिले सलमानको ‘प्राइभेट कटेज’मा देखिएकी छिन् ।
आइतबार लुलियाले सामाजिक सन्जाल इन्स्टाग्राममा सलमानको त्यो कटेजमा बसेको फोटो राखेकी थिइन् । त्यसको क्याप्सनमा उनले लेखेकी छिन्, ‘कस्तो रमाइलो !’ यो सलमानको त्यही कटेज हो जहाँ उनी ‘बिग बोस–९’ को ‘सुटिङ’का लागि रोकिन्छन् ।






