अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज बेल्जियममा नयाँ नेतृत्व, गायन तथा नृत्य अडिसन पनि सम्पन्न

बेल्जियम– अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज बेल्जियममा नयाँ नेतृत्व चयन भएको छ ।

फेब्रुअरी २७ मा भएको छैटौं बैठकले पूर्ण कार्यसमिति चयन गरेको हो । समाजको अध्यक्षमा श्याम श्रेष्ठ, उपाध्यक्षमा उपेन्द्र थापा र टीका निरौला, महासचिवमा विनिता रिमाल, सचिवमा कृषा शर्मा, कोषाध्यक्षमा नारायण मानन्धर चयन भए ।

सदस्यहरुमा दीप्क गिरी, सन्तोष न्यौपाने, ज्योति भट्ट, सूर्यनारायण श्रेष्ठ, अनमोल चापागाईं, रफी शाह, राजु थापा, नसोज रिजाल र अर्जुन काफ्ले चयन भए ।

गायन तथा नृत्य अडिसन पनि सम्पन्न
यसैबीच इनासा यूरोपस्तरीय एकल गायन तथा नृत्य प्रतियोगिताका लागि बेल्जियमा पनि अडिसन सम्पन्न भएको छ ।

आगामी अप्रिल १३ । १४ मा डेनमार्कको कोपनहेगमा हुने प्रतियोगिताका लागि बेल्जियमका विभिन्न सहरबाट आएका कलाकारले अडिसन दिएका थिए । तीमध्ये नृत्यतर्फ दुई र गायनतर्फ दुई कलाकार छनोट भएको छ ।