गौशाला, १५ भदौ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले आज नेपाली काँग्रेस महोत्तरीको जिल्ला पार्टी कार्यालय तोडफोड गरेका छन् । बिहानैदेखि आन्दोलनमा रहेका मोर्चाका कार्यकर्ताले नाराजुलुस गर्दै जिल्ला सदरमुकाम जलेश्वरको खैराचोकमा अवस्थित नेपाली काँग्रेसको पार्टी कार्यालयमा गएर तोडफोड गरेका हुन् ।
मोर्चाका कार्यकर्ताले सो पार्टी कार्यालयको एउटा कोठाको ढोका फुटाएर त्यसभित्र रहेका टेबुल, कुर्सी, कागजात र ग्यास सिलिन्डरलगायतका सामग्री नष्ट गरेका छन् । त्यसैगरी, सो पार्टी कार्यालयका शौचालयमा पनि पूर्णरुपमा क्षति पु-याएका छन् । यता जिल्ला निर्वाचन कार्यालयका बोर्ड पनि उनीहरुले उखेलेर तोडफोड गरी फालेका छन् ।
नेकाँ महोत्तरीको कार्यालय तोडफोड गरे






