‘मिसेस युनिभर्स २०१८’ आज फिलिपिन्समा हुँदै, नेपालको प्रतिनिधित्व गर्दै मनीषा डंगोल

शिब भण्डारी

लन्डन। फिलिपिन्सको चेबु सहरमा आज सोमबार साँझ आयोजना हुने ‘मिसेस युनिभर्स २०१८’मा नेपालको प्रतिनिधित्व मनिषा डंगोल श्रेष्ठले गर्ने भएकी छन् ।

‘मिसेस युनिभर्स २०१८ विवाहित महिलाहरुको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता हो । गएको ४ तारिखदेखि सुरु भएको प्रतियोगिता ११ तारिखमा समापन हुँदैछ । जहाँ ३० भन्दा बढी देशका ८८ जना ४५ वर्षसम्मका विवाहिता महिलाहरु सहभागी हुँदैछन् । मनीषाले नेपालको प्रतीक वीरताको खुकुरी फिलिपिन्सका काउन्सिलरलाइ नेपालको तर्फबाट उपहार दिएकी थिइन् ।

प्रतियोगिता जिम्मेवार जीवनसाथी, महिला सशक्तिकरण तथा मानव अधिकार प्रति समर्पित रहेको छ ।

नेपालको तर्फबाट यसअघि २०१३ मा मिना घिमिरे, २०१४मा रजनी थापा र २०१६ मा पद्मिनी झा यस प्रतियोगितामा सहभागी भएका थिए । घिमिरेले मिसेस कन्जिन्यालिटी, थापाले ब्युटीफुल लेडी अवार्ड नेपाल भित्र्याएका थिए ।

मनीष विगत एकदशक देखि महिला सशक्तिकरण र फेसनसँग सम्बन्धित रहँदै आएकी छन् । ‘मिस अस्कोल १९९७’को रुपमा पनि परिचय बनाएकी उनी लन्डनमा बस्दै आएकी छिन् । लन्डनमै ‘लन्डन फेसन हाउस’ सञ्चालन गर्दै आएकी उनी सो फेसन हाउस मार्फत् नेपाली फेसन, कला संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा पनि विस्तारित गर्न सक्रिय छिन् ।

फेसन हाउसको क्रिएटिभ हेड एवं निर्देशक, नेप्लिज युथ क्लबकी संस्थापक अध्यक्ष, पासा पुचः गुठी युके उपाध्यक्ष रहेकी उनी लन्डन फेसन हाउसको ब्यानरमा मिसेस् नेपाल युके, मिस टिन नेपाल युके तथा मिस लिटिल नेपाल युकेको आयोजना गर्दै आएकी छिन् । एनआरएनए युकेको पहिलो युथ कोअर्डिनेटर समेत रहिसकेकी उनी एनआरएनएमा विभिन्न रुपमा सक्रिय रहँदै आएकी छिन् ।

वेष्ट लन्डन कलेज तथा सिटी अफ लन्डन कलेजबाट स्नातकोत्तरको अध्ययन पूरा गरेकी उनले प्रतियोगीतामा नेपालीको नाम उच्च राख्दै नेपाली कलासंस्कृती अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने कार्यक्रममा बताइन् ।

मनीषाले बेलायतमा रहेका विवाहित महिलाहरुको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल यूके’ दुई पटक आयोजना गरिसकेकी छन् । ‘मिसेस नेपाल यूके– २०१७’ को ताज आस्था जोशी र ‘मिसेस नेपाल यूके– २०१८’ को उपाधि बिनु लामिछानेले पहिरिएकी थिइन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *