महामन्त्रीमा त्रिपाठी निर्वाचित
रियाद– नेपाली कांग्रेस निकट जनसम्पर्क समिति साउदी अरबको सभापतिमा दीपक रेग्मी निर्वाचित भएका छन् ।
साउदी अरबको रियादमा भएको समितिको पहिलो अधिवेशन रेग्मीको सभापतित्वामा २१ सदस्यीय नयाँ कार्य समिति चयन गरी सम्पन्न भएको छ ।
अधिवेशनबाट बरिष्ठ उप सभापतिमा तुसंङबहादुर थापा, प्रथम उपसभापतिमा नमराज लामिछाने, द्वितिय उप सभापतिमा तथा अनुशासन विभाग प्रमुखमा प्रमोद लामिछाने, तृतिय उप सभापतिमा जेसकुमार श्रेष्ठ निर्वाचित भएका छन् ।
महामन्त्रीमा सुरेशराज त्रिपाठी, सह महामन्त्रीहरुमा निरज राय पट्टेल , श्रीमती सीता पन्त पाण्डे , शरदकुमार शर्मा र कोषाध्यक्षमा द्वारिक राज गिरी रहेका छन् भने सह कोषाध्यक्षमा पदम पाण्डे, अजय कुमार त्रिपाठी प्रवक्तामाअरुण बेल्बासे रहेका चयन भएका छन् ।
यसैगरी सदस्यहरुमा क्रमश: नेत्रप्रसाद खतिवडा , नोफिना न्यौपाने , श्रीमती प्रतिमा श्रेष्ठ अधिकारी , भल गुरुङ ,सुजन शेर राई, बुद्धिसागर सुवेदी , बाबुराम खनाल र मोहन शाही ठकुरी निर्वाचित भएका छन् ।
संरक्षक समितिमा राजु सैयद, विदुर कोइराला, पुरुषोत्तम खनाल र प्रमुख सल्लाहकारमा श्रीमतती यासमिन बेगम चयन भएका छन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् युवा नेता प्रदिप पौडेलले अधिवेशन उदघाटन गरेका थिए भने नेपाली दुतावासका श्रम सहचारी अम्बिका प्रसाद अधिकारी नेपाली कांग्रेस महासमिति सदस्य राजेश्वर खनाल, एमाले निकट नेपाली मञ्च साउदी अरबका महासचिव राजु खनाल। हेल्प नेपालका अध्यक्ष वमल गौतम, एनआरएनका धर्म केसी र अध्यक्ष नारायण पासवान, सगरमाथा समुहका परशुराम मिश्र, मिथिला एकता समाजका अध्यक्ष सुनिलकुमार गुप्ता, चोला पाठक, अर्जुन थापा,बिदुर कोइराला, अरुण बेलबासे लगायतले अधिवेशन सफलताको शुभकामना दिएका थिए ।
दिपक रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नमराज लामिछानेले गरेका थिए ।






