- सुरेन्द्र इङ्नाम
केन्ट (लन्डन)– एफसी क्लव भेट्रानले आफ्नो वर्षगाँठ मनाएको छ ।
गत १७ डिसेम्बर २०१६ को दिन फोक्स्टन, बेलायतको लेमन लिफ रेस्टुरामा एफसी क्लब भेट्रानले वर्षगाँठ मनाएको हो ।
वर्षभरिको शिल्ड र जितेका नगद पुरास्कारहरु एकसाथ बनाएर पारिवारिक कार्यक्रमसहित वर्षगाँठ मनाइएको हो ।
यस वर्ष बेलायमा हुने नेपालीहरुले खेलाउने विभिन्न खेलहरुबाट तीन वटा शिल्ड क्लवले हात परेको हो। यसैलाई अवसर पारी नयाँ खेलाडीहरुलाई स्वागतका साथै प्रायोजकलाई मायाको चिनो प्रदान गरिएको थियो । श्यामम लामा, गुप्तराज चेम्जोङ, बुद्धिकुमार सुनुवार, सुमन थापा, नेत्र राई, भबहादुर पुन, संगम राईलाई मायाको चिनो प्रदान गरिएको हो ।
स्टोर ९३ आसफोर्डको तर्फबाट डम्बर खजुमलाई र प्रत्येक खेलमा जिते वापत १०० पाउण्ड साथै सस् २०१७ को खेलाडीहरुलाई पुग्ने लुगा प्रदान गर्नुहुने गोर्खा ज्वेलरी आसफोर्डको तर्फबाट युवराज लिम्बुप्रति कृतज्ञता ज्ञापन गरियो ।
उक्त क्रममा, मेनेजर बुद्धि सुनुवर, सहायक मेनेजर छविन्द्र चोङ्बाङ, टिम कोच लोक चेम्जोङ्, टिम क्याप्टेन पदम योङ्याहाङ् लगायतले नयाँ खेलाडीहरुलाई स्वागत साथै डम्बर खजुम र युवराज लिम्बुलाई धन्यवाद दिइएको थियो ।
कार्यक्रमको अन्त्यतिर छबिन्द्र चोङ्बाङ, रविन परियार र इशु गुरुङले गीत प्रस्तुत गरेका थिए ।






