संविधान संसोधनको प्रस्ताव पारित गर्नुको विकल्प छैनः मन्त्री जोशी

दाङ–जनसंख्या तथा वातावरण मन्त्री जयदेव जोशीले जसरी भए पनि संविधान संसोधनको प्रस्ताव पारित गर्नु पर्ने बताएका छन् ।
संविधान संसोधनको प्रस्ताव संसदमा टेवुल भइसकेकाले प्रस्ताव पारित गरेर निर्वाचनमा जानु पर्ने मन्त्री जोशीले जोड दिए ।
नेपाल प्रेस युनियन दाङले तुलसीपुरमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री जोशीले ७, माघ २०७४ सम्म तीन तहको निर्वाचन गरिसक्नु पर्ने भएकाले प्रस्ताव पारित गर्नुको विकल्प नभएको बताए ।
‘माघ ७ गते सम्म तीनवटै तहको निर्वाननभए संसदको वैद्धता सकिन्छ, अनि देश दुर्घटना तर्फ जान्छ, त्यसैले मधेसी मोर्चालाई सहमतिमा ल्याएर प्रमुख दलहरु एकताका साथ अघि बढेमा मात्रै संविधान कार्यान्वयनको प्रकृया अघि बढ्छ र देश दुघर्टनाबाट बच्छ, मन्त्री जोशीले भने ।’
निर्वाचन नहुदा सम्म लोकतन्त्र पनि संस्थागत नहुने भएको प्रमुखप्रतिपक्षी दल एमाले पनि सहमतिमा आउनु पर्ने आजको अवश्यकता रहेको उनले बताए । नेपाल प्रेस युनियनका अध्यक्ष सुशिल बस्नेतको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।