माओवादी केन्द्रका केन्द्रीय सदस्य एमालेमा प्रवेश गर्दै

काठमाडौं– नेकपा (माओवादी) केन्द्रका आयोजक समिति सदस्य राजकुमार कक्षपतिले माओवादी केन्द्र परित्याग गरेका छन् । उनी पार्टी परित्यागसँगै नेकपा एमालेमा प्रवेश गर्न लागेका छन् ।

आइतबार एमाले पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममार्फत पार्टी प्रवेश गर्न लागेका हुन् । उनलाई पार्टी स्वागत गर्न धुम्बाराहीमा ‘पार्टी प्रवेश’ कार्यक्रम राखिएको छ । सो कार्यक्रमबाट विभिन्न पार्टी परित्याग गरेर अरु दर्जनौं व्यक्ति पनि एमालेमा प्रवेश गर्ने बताइएको छ ।