दालमोठ चिउराका भरमा प्रवेशिका तयारी

slcभक्तपर- आगामी चैत १८ गतेदेखि हुने यस वर्षको प्रवेशिका परीक्षा सुरु हुने भए पनि यहाँका विद्यार्थी विद्युत्भार कटौती र इन्धन अभावका कारण चिन्तामा छन् ।

नगरकोटफेदीस्थित क्वालिटी इङ्लिस स्कुलबाट प्रवेशिका परीक्षा दिने तयारीमा रहेकी मेदिका वनलाई नतिजा बिग्रेला भन्ने चिन्ताले सताउन थालेको छ । उनी भन्छिन्,“ग्यास छैन, दाउरामा समयमै खाना पाक्दैन, कहिले भोकै त कहिले दालमोठ चिउरा खाएर स्कुल जानुपर्छ, फेरि लोडसेडिङले परीक्षाको नतिजा नै बिग्रेला भन्ने चिन्ता लाग्न थालेको छ ।”

एक्टिभ इङ्लिस स्कुल थिमीका अम्बिका श्रेष्ठको गुनासो पनि उस्तै छ । पढाइको चाप बढेका बेलाम स्वस्थ्यकर खाना खान नपाउँदा बिरामी पर्न थालेको बताउँदै धेरै दिन ‘ड्राइ फुड’ कै भरमा स्कुल जानुपरेको उनी गुनासो गर्छिन् ।

खानासँगै विद्युत्भार कटौतीका मारले धेरै विद्यार्थी पिरोलिएका छन् । बिजुली कटौतीका कारण बिहान, बेलुका पढाइमा निकै असर गरेको सबै विद्यार्थीको गुनासो छ ।