लन्डन । मन्त्रिपरिषद्को बैठकले वृद्धभत्ता पाउने ज्येष्ठ नागरिकको उमेर ७० वर्ष राखिएकामा त्यसलाई घटाएर ६५ वर्ष कायम गर्ने निर्णय गरेको छ । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतलेका अनुसार सरकारले ६५ वर्षसम्मका ज्येष्ठ नागरिकलाई वृद्धभत्ता दिने निर्णय गरेको हो । आज साझ बसेको मन्त्रिपरिषद्को बैठकले भूकम्प र बाढीपीडितलाई थप एक लाख अनुदान दिने समेत निर्णय गरेको छ ।
नेपालमा अब ६५ वर्षमै वृद्धभत्ता !






